भारतीय कोभिड भ्याक्सिन उत्पादक कम्पनी सेरममा आगलागी



Download our app to get more features

एजेन्सी, ८ माघ । भारतको पुणेस्थित सेरम इन्स्टिच्युट अफ इन्डिया (एसआइआई)को गेटमा आगलागी भएको छ।
 सेरमको उत्पादन प्लान्ट टर्मिनल(१ गेटमा आगलागी भएको इन्डिया टिभीको अनलाइन संस्करणले समाचार प्रकाशन गरेको छ। 

समाचार एजेन्सी एएनआईका अनुसार बिहीबार दिउँसोबाट आगलागी सुरु भएको हो। सेरमको टर्मिनल १ गेटमा आगलागी भएको बताइएको छ। आगलागीको कारण खुलेको छैन। अहिले प्रहरी र स्थानीयहरूले आगलागी नियन्त्रणमा लिने प्रयास गरिरहेका छन्।

सेरमले कोरोनाविरुद्धको भ्याक्सिन कोभिसिल्ड विकास गरेको छ। सोही भ्याक्सिन बिहीबार नै नेपाल आइपुगेको छ। बिहीबार भारत सरकारले अनुदानमा उपलब्ध गराएको १० लाख डोज भ्याक्सिन नेपाल आइपुगेको हो।  यो भ्याक्सिन अक्सफोर्ड विश्वविद्यालय र अस्ट्राजेनेका कम्पनीको सहकार्यमा विकास भएको हो। 

आगलागी भएको सेरमको प्लान्ट कोभिसिल्ड भ्याक्सिन उत्पादन प्लान्ट नजिकै रहेको बताइएको छ। आगलागीका विषयमा थप विवरण प्राप्त हुन बाँकी छ। 
 

Last modified on 2021-01-22 13:09:23


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts