‘भिजन एक्सिलेन्स अवार्ड २०२०’ बाट नेपालका तीन जना आँखारोग विशेषज्ञ सम्मानित



Download our app to get more features
Spark_health_home

काठमाडौं, १० माघ । ‘भिजन एक्सिलेन्स अवार्ड २०२०’ बाट नेपालका तीन जना आँखारोग विशेषज्ञ सम्मानित भएका छन् ।

इन्टरनेसनल एजेन्सी फर प्रिभेन्सन अफ ब्लाइन्डनेस (आईएपीबी) ले हरेक वर्ष प्रदान गर्दै आएको ‘भिजन एक्सिलेन्स अवार्ड २०२०’ बाट आँखा रोग विशेषज्ञ डा. सन्दुक रुइत, नेपाल आँखा अस्पताल तथा नेपाल नेत्रज्योति संघका संस्थापक प्रा.डा. रामप्रसाद पोखरेल र नेपाल आँखा अस्पतालका अध्यक्ष डा.गोपालप्रसाद पोखरेल सम्मानित हुनु भएको हो ।

आँखा स्वास्थ्य क्षेत्रमा खटिएका सय जना व्यक्तित्वमा ३ जना नेपालबाट परेका छन् ।

तिलगंगा अस्पतालको संस्थापक रहनुभएका डा. रुइत मोतिबिन्दु शल्यक्रियाका लागि प्रख्यात हुनुहुन्छ । डा. रुइत म्याग्सेसे पुरस्कार बिजेतासमेत छन् । उनले दृष्टि फर्काउने अभियान दुर्गमसम्म पुर्याउँदै आएका छन् । डा. रुइतलाई यस वर्षको मानपदवी ‘सुप्रसिद्ध प्रबल जनसेवा श्री (प्रथम)’ पदकबाट पनि विभूषित गरिँदैछ । 

यसैगरी आँखा अस्पतालका अध्यक्ष डा.पोखरेलले नेपालको आँखा स्वास्थ्य क्षेत्रमा ठूलो योगदान पु्याउनुभएको छ भने नेत्रज्योति संघका संस्थापक डा. पोखरेल ‘आँखा बा’ को रुपमा चिनिन्छन्  । 

त्रिपुरेश्वरस्थित नेपाल आँखा अस्पतालमा शुक्रबार नेपाल नेत्रज्योति संघ तथा नेपाल आँखा अस्पतालको संयुक्त आयोजनामा गरिएको कार्यक्रममा पूर्वराष्ट्रपति डा. रामवरण यादवले तीनै जनालाई सम्मान गरेका हुन् ।

Hamro Doctor
Kathmandu Cancer Center Norvic Hospital

फेसबुकबाट तपाईको प्रतिक्रिया

vayodha Related Posts