विश्वभर कोरोना संक्रमणमुक्त हुनेको दर ९७ प्रतिशत, २ करोड ५८ लाखभन्दा बढी सक्रिय संक्रमित



Download our app to get more features

एजेन्सी, ११ माघ । विश्वभर कोरोना भाइरसका कारण संक्रमित हुनेको संख्या साढे ९ करोड नजिक पुगेको छ ।

बर्ल्ड मिटरको तथ्यांक अनुसार गत २४ घन्टामा विश्वभर ५ लाख ६७ हजार ७ सय ४१ जना नयाँ संक्रमित थपिएका छन् । नयाँ संक्रमित थपिएसँगै विश्वभर कोरोना भाइरसका कारण संक्रमित हुनेको संख्या ९ करोड ९३ लाख २२ हजार ६ सय ४ पुगेको छ ।

यस्तै गत २४ घन्टामा विश्वभर थप १३ हजार ७ सय ६९ जनाको कोरोना संक्रमणका कारण  मृत्यु भएको छ । योसँगै विश्वभर कोरोनाका कारण मृत्यु हुनेको संख्या २१ लाख ३० हजार २ सय ९३ पुगेको छ । यो दर कुल संक्रमितको ३ प्रतिशत हो ।

मृत्यु हुनेमा सबैभन्दा बढी संयुक्त राज्य अमेरिकाका रहेका छन् । अमेरिकामा मात्रै २४ घन्टामा ३ हजार ३ सय ७९ जनाको मृत्यु भएको छ भने एक लाख ६६ हजार सात सय १७ जना संक्रमित थपिएका छन् ।  

यसैगरी मेक्सिकोमा पछिल्लो २४ घन्टामा १ हजार ४ सय ४० जनाको मृत्यु भएको छ भने बेलायतमा १ हजार ३ सय ४८ जना र ब्राजीलमा १ हजार १ सय ७६ जनाको मृत्यु भएको छ । 

यस्तै रुसमा गत २४ घन्टामा ५ सय सय ५९ जना, इटलीमा ४ सय ८८ जना, दक्षिण अफ्रिकामा ४ सय ९८ जना, जर्मनीमा ५ सय १६ जना, कोलम्बियामा ३ सय ९६ जनाको मृत्यु भएको छ । 

हालसम्म विश्वभर कोरोनाका कारण संक्रमित भएकामध्ये ७ करोड १३ लाख ६७ हजार ८ सय ७ जना स्वस्थ भएका छन् । यो दर कुल संक्रमितको ९७ प्रतिशत हो । यस्तै हाल विश्वभर सक्रिय संक्रमितको संख्या २ करोड ५८ लाख २४ हजार १ सय १५ रहेको छ ।

Last modified on 2021-01-24 16:26:23


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts