कोरोना संक्रमणको जोखिम बढेपछि फ्रान्समा तेस्रो लकडाउन हुन सक्ने



Download our app to get more features

एजेन्सी, १२ माघ । फ्रान्सका एक जना शीर्ष स्वास्थ्य अधिकारीले कोरोना भाइरसको सामना गर्न देशमा तेस्रो लकडाउन आवश्यक हुन सक्ने बताएका छन्।

फ्रान्सको वैज्ञानिक परिषद्का प्रमुख प्रा. जाँ फ्रान्कोस डेलफ्रेसीले मुलुकमा अहिले आपतकाल रहेको र यो साता निकै गम्भीर भएको बताएका हुन्। 

उनले कोरोना भाइरस संक्रमितको संख्या बढ्दै गएको र नयाँ स्वरुप पनि फैलन सक्ने अवस्थालाई मध्यनजर गर्दै आवश्यक उपाय अपनाउन सरकारलाई आव्हान गरेका छन्।

उनले बेलायतमा देखिएको कोरोना भाइरसको नयाँ स्वरुप केही क्षेत्रका संक्रमितमध्ये ७ देखि ९ प्रतिशतमा देखिएको भन्दै यसलाई रोक्न कठिनाइ हुने बताए।

उनले फ्रान्स अन्य युरापेली मुलुकभन्दा राम्रो अवस्थामा रहे पनि आवश्यक कडाइ नगरे कोरोना भाइरसको नयाँ स्वरुपले दोस्रो महामारी निम्त्याउन सक्ने बताए। 

फ्रान्समा संक्रमण पुनः बढ्न थालेपछि कडा कफ्र्यु लगाइएको छ। थप निर्णय लिन बुधबार सरकारको बैठक बस्ने बताइएको छ। कर्फ्युका वाबजूद फ्रान्समा दैनिक २० हजारभन्दा बढी संक्रमित थपिएका छन्।

हालसम्म ७३ हजारभन्दा बढीको मृत्यु भइसकेको छ। 
 


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts