माइग्रेनका लक्षण र ध्यान दिनुपर्ने कुरा



Download our app to get more features

काठमाडौं, १८ माघ । माइग्रेन अत्यधिक टाउको दुख्ने समस्या हो । यो टाउको दुखाइको एउटा प्रकार मात्रै हो । सबै टाउको दुखाइमा माइग्रेन नहुन सक्छ । टाउको दुखाइको अन्य कारण भेटिएन भने त्यो माइग्रेन हो । यसमा सबै परीक्षणका रिपोर्ट सामान्य नै आउँछन् । सिटीस्क्यान होस् या रगत परीक्षणस रिपोर्ट सामान्य नै आउँछ । अन्य रेडियोलोजिकल जाँचको रिपोर्टले सामान्य अवस्था देखाए पनि बिरामीको टाउको दुखाइ कम हुँदैन । कतिपय अवस्थामा घरपरिवारका सदस्यसमेत उल्टै बिरामीलाई शंका गरिरहेका हुन्छन् । यसले बिरामीलाई पीडामाथि थप पीडा दिन्छ  । 
 माइग्रेनका लक्षण :

- आधा टाउको अथवा टाउकाको कुनै  सानो भागमात्रै या पुरै भाग पनि दुख्ने
- नाडी चले जस्तो ढुकढुक या बलकबलक दुरी दुख्ने
- कसैकसैलाई वाकवाकी लाग्ने, वान्ता हुने
- रोगी बढी रिसाउने, झर्किने, एक्लै बस्न रुचाउने
- टाउको दुखाइ केहीघण्टादेखि केही दिन सम्म रहने

माइग्रेनका रोगीले ध्यान दिनुपर्ने कुरा:

- दिनहुँ पानी प्रशस्त पिउने
- ठीक समयमा खाने र ठीक समयमा सुत्ने र उठ्ने
- सिधा घाममा टाउको र आँखा नपार्ने
- हुलमुलमा भीडभाडमा नजाने

Last modified on 2021-02-01 08:07:53


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts