क्यान्सरबाट यसरी जोगिनुस्



Download our app to get more features

काठमाडौं, २२ माघ । क्यान्सर एक जटिल रोग हो। विश्वभर क्यान्सरका कारण लाखौं मानिसले ज्यान गुमाउने गर्छन्। जसले यसको गम्भीरताबारे प्रस्ट पारिदिएको छ। क्यान्सर हुँदा शरीरका कोशिका असामान्य रूपले बढ्न पुग्छन् र तिनले ट्युमरको रूप लिन्छन्। यसले शरीरको जुनसुकै भागको कोशिकालाई पनि प्रभावित पार्न सक्छ। प्रत्येक वर्ष फेब्रुअरी ४ मा विश्व क्यान्सर दिवस मनाइन्छ। क्यासर विश्वमै धैरैको ज्यान लिने रोग भएकाले सावधानी अपनाउनु निकै आवश्यक छ।

क्यान्सरका प्रकार:

क्यान्सर एक सय प्रकारका हुने बताइएको छ। यसमा ब्लड क्यान्सर, मुखको क्यान्सर, घाटीको क्यान्सर, स्तन क्यान्सर, पाठेघरको क्यान्सर, , अन्डासयको क्यान्सर, सवाइकल क्यान्सर, फोक्सोको क्यान्सर, प्रोस्टेट क्यान्सर, मुत्रासयको क्यान्सर, मस्तिष्कको क्यान्सर, लिभरको क्यान्सर, बोन क्यान्सर, पेठको क्यान्सर आदी प्रमुख क्यान्सर हुन्। विश्वमा अधिकांश मानिस यीनै क्यान्सरबाट ग्रसित हुन्छन्।

क्यान्सरका लक्षण:

– छाला मुनी गाँठो महशुस गर्नु।
– शरीरको तौल अचानक कम वा बढी हुनु।
– अनुहारमा नैराश्यता छाउनु।
– मांशपेसी तथा छालामा दुखाइ हुनु।
– चोट लागेको ठाउँमा चाडै निको नहुनु।
– थकान तथा कमजोरी महशुस गर्नु।
– पेटमा लगातार दुखाइ महशुस हुनु।

 जोगिने उपाय:

– धुमपान नगर्ने।
– रक्सीको सेवन नगर्ने।
– शरसफाइयुक्त खाना खाने।
– आहारमा अधिक बोसो नलिने।
– रेडिएशनको सम्पर्कबाट जोगिने।
– नियमित व्यायम गर्ने।
– शरीरको तौल सामान्य बनाइराख्ने।
– डाक्टरसँग सल्लाह लिने।

Last modified on 2021-02-04 18:36:50


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts