एलर्जी किन हुन्छ ? अपनाउनुस् यस्ता उपाय



Download our app to get more features

काठमाडौं, २९ माघ । हाम्रो शरीरभित्र कुनै पनि बाहिरी तत्त्व प्रवेश गर्दा त्यसविरुद्ध शरीरमा भएको प्रतिरक्षात्मक शक्तिले प्रतिक्रिया देखाउने गर्छ । यो प्रतिक्रियाको असर छालामा देखिएमा त्यसलाई हामी एलर्जी भन्ने गर्छौं । यद्यपि, छालाबाहेकका अंगमा पनि एलर्जी नहुने भने होइन ।

हिजोआज बढ्दो प्रदूषण र धुवाँधुलोका कारण हाम्रो शरीरमा नकारात्मक असर देखापरिरहेका छन् । प्रदूषणका कारण छालामा दाग आउने, डन्डिफोर तथा पिड्का आउनेजस्ता समस्या बढ्दै गएका छन् । यसलाई हामी छालाको एलर्जी भन्ने गर्छौं ।
एजर्ली विभिन्न प्रकारको हुन्छ। 
 एजर्ली  हुने कारणहरु यस्ता छन्ः

-  हावामा भएका फुलका पराग, माटोका कण, जनावरका भुवा वा धुलोका कारणले हुन्छ।

- यदि हामीले कुनै चीज छुँदा जस्तो कि धातु, वनस्पतिक दुध वा रसायनले पनि एलर्जी हुन सक्छ।

- केही खानेकुरा अण्डा, मेवा, दुध, सोया, गहुँ जस्ता खानेकुराले पनि कसैलाई एलर्जी हुन सक्छ।

- झिंगा, कमिला, मौरी,बारुलाले टोक्यो भने पनि एलर्जी हुन्छ।

- केही मानिसलाई औषधिको प्रयोगले पनि एलर्जी हुनसक्छ।

- केही मानिसहरुलाई कहिलेकाँही कपडाका कारणले पनि एलर्जी हुनसक्छ।

एलर्जीबाट पुरै मुक्त हुन गाह्रो छ तर यसलाई उपचार गरी कम गर्न सकिन्छ। सबैभन्दा उत्तम उपाय भनेको जुन चीज, खाद्य पदार्थले हामीलाई एलर्जी गराउँछ ती कुराबाट परै बस्नु नै हो।

लक्षण:
 एजर्लीको  सबैभन्दा सामान्य लक्षण भनेको छालामा रातो रातो डावर आउनु, ससाना दाना आउनु, घाँटी खसखस हुनु वा सास फेर्न समस्या हुनु हो।

अन्य लक्षण एलर्जीको कारणमा भर पर्छ। 

- नाक चिलाउनु, नाक बन्द हुन वा पानी बग्नु।
- हाच्छिउ आउनु, आँखा चिलाउनु,रातो हुनु, सुन्निनु, पोल्नु वा आँखाबाट आँशु बग्नु।
- स्वाद अथवा गन्ध गुम्नु
- टाउको दुख्नु,
- वाकवाकी लाग्नु वा वान्ता हुनु
- पेट दुख्नु वा पेट बर्टानु
- पिनास हुनु
- मुखको वरिपरी सुन्निनु पा खानेकुरा निल्न समस्या हुनु।

- यदि यस्ता लक्षणहरु देखिएको छ भने चिकित्सकलाई देखाउनुपर्छ। छाला र रगतको ल्याव परीक्षण गर्नु आवश्यक हुन्छ। 
 

एलर्जीबाट छालालाई कसरी जोगाउने ?
– ओछ्यान तथा लगाउने कपडा सफा राख्ने ।
– घरबाट बाहिर निस्किँदा माक्स लगाउने ।
– कपालमा रङ नलगाउने ।
– जनावरसँग घेरै नजिक नहुने ।
– खानेकुरा वा प्रयोगमा आउने कुनै कुराको एलर्जी हुन्छ भने त्यसबाट सावधान रहने ।
 

Last modified on 2021-02-12 06:59:27


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts