कान्तिपुर डेन्टल सेन्टरले सुरु गर्यो दुई महिने निःशुल्क दन्त स्वास्थ्य परीक्षण



Download our app to get more features

काठमाडौं, ६ फागुन । कान्तिपुर डेन्टल सेन्टरले दुई महिने निःशुल्क दन्त स्वास्थ्य परीक्षणको आयोजना गरेको छ ।

सेन्टरले फागुन १ गतेदेखि चैत ३१ गतेसम्म २ महिने निःशुल्क दन्त स्वास्थ्य परीक्षणको आयोजना गरेको हो । सेन्टरले बुढानिलकण्ठस्थित सुन्दरबस्तीमा रहेको आफ्नो भवनमै सेवा दिने बताएको छ ।

बिहान ९ बजेदेखि बेलुका ६ बजेसम्म इच्छुक व्यक्तिले सेवा लिन सक्ने पनि सेन्टरले जनाएको छ । यस्तै सेवा लिन चाहने व्यक्तिले सेन्टरको ०१ ४३७४००३ र ९८६३१९३६७४ मा सम्पर्क गरेर पनि सेवाका लागि नाम दर्ता गराउन सक्ने सेन्टरले बताएको छ ।
 

Last modified on 2021-02-18 11:23:29


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts