चिकित्सकहरुको परामर्श शुल्क वृद्धि गरेकोमा सरकारको असहमति, वृद्धि गरिएको शुल्क मान्य हुँदैन



Download our app to get more features
Spark_health_home

काठमाडौं, ६ फागुन । सरकारले चिकित्सकहरुको परामर्श शुल्क वृद्धि गरेको भन्दै असन्तुष्टि जनाएको छ ।

नेपाल चिकित्सक संघ र एसोसिएसन अफ प्राइभेट हेल्थ इन्स्टिच्यूट नेपाल (अफिन) ले चिकित्सकहरुको परामर्श शुल्क वृद्धि गरी लागू गर्ने गरेको निर्णयमा स्वास्थ्य तथा संख्या मन्त्रालयले असहमति जनाएको हो ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले एक्लौटी रुपमा नेपाल चिकिसत्क संघ र अफिनद्वारा गरिएको मूल्य वृद्धिप्रति मन्त्रालयको सहमति नरहेको बताएका छन् ।

उनले माघ ४ गते मन्त्रालयका प्रमुख विशेषज्ञको संयोजकत्वमा रहेको कमिटीसँग गरिएको सम्झौता कार्यान्वयन गर्न मन्त्रालयले थप निर्णय गर्नु पर्ने तथ्यलाई नबुझी मनपरी शुल्क वृद्धि गर्ने गरिएको निर्णय अनुचित रहेको पनि बताए ।

यसअघि मन्त्रालयबाट गठित परामर्श शुल्क सिफारिस समितिले सिफारिस गरेको शुल्क परिमार्जनलाई मन्त्रालयले निर्णय गरि नसकेको अवस्थामा र मन्त्रालयसँग थप कुनै पनि परामर्श नगरी शुल्क वृद्धि गर्ने अवस्था नरहने भन्दै मन्त्रालयले आवश्यक थप गृहकार्य र मन्त्रालयसँग परामर्श गरेर मात्र यस किसिमको निर्णय लिन उचित हुने उनको भनाइ छ ।

डा. गौतमले जारी गरेको विज्ञप्तिमा विश्वव्यापी कोभिड १९ को महामारीले निम्त्याएको आर्थिक शिथिलतालाई समेत मध्यनजर गरी चिकित्सकहरुको परामर्श शुल्क २०७१ साल भदौ ११ गते मन्त्रालयले तोके अनुसारकै कायम रहेको जानकारी समेत मन्त्रालयले सम्बन्धीत पक्षलाई जानकारी गराइएको उल्लेख छ ।

नेपाल चिकिसत्क संघ र निजी अस्पतालहरुको छाता संगठन अफिनले बुधबारदेखि लागू हुने गरी बिरामी चेकजाँच गरेबापत लिनुपर्ने शुल्क् वृद्धि गरेको छ । जसअनुसार चिकित्सकको परामर्श शुल्क ३ सय ७० देखि ८ सय २५ रुपैयाँसम्म पुगेको छ ।
 
यस्तो छ डा. गौतमले जारी गरेको विज्ञप्तिः

Hamro Doctor
Last modified on 2021-02-18 16:02:24

Kathmandu Cancer Center alka Norvic Hospital

फेसबुकबाट तपाईको प्रतिक्रिया

vayodha Related Posts