चितवन स्किन क्लिनिकले शुरू गर्‍यो कपाल प्रत्यारोपण सेवा



Download our app to get more features

चितवन, २ फागुन । भरतपुर १० चौविसकोठीस्थित रहेको चितवन स्किन क्लिनिकले कपाल प्रत्यारोपण सेवा शुरू गरेको छ ।

शनिवारदेखि कपाल प्रत्यारोपण सेवा शुरू गरेको क्लिनिकका प्रबन्ध निर्देशक राजकुमार श्रेष्ठले जानकारी दिए । अबदेखि नियमित रूपमा यो सेवा दिइने उनले जनाए ।

रेडियन हेल्थ केयर काठमाडौंबाट आएका छाला रोग विशेषज्ञ डा. कमल धिताल र क्लिनिकका डा. अच्यूत पोखरेललगाएतका टिमले शनिवार एकजनाको कपाल प्रत्यारोपण गरेर सो सेवा शुभारम्भ गरेका हुन् । 

यसैबीच भरतपुरस्थित रहेको चितवन मेडिकल कलेजले समेत कपाल प्रत्यारोपण सेवा शुभारम्भ भएको जनाएको छ । 

कलेजका प्रमुख कार्यकारी अधिकृत प्रताप देवकोटाले शनिवारदेखि सेवा शुभारम्भ भएको जानकारी दिए । उनका अनुसार अस्पतालले आफ्नो सेवा विस्तार गर्दै विकसित मुलुकमा शुरु भएको नवीनतम प्रणालीबाट विश्वस्तरीय कपाल प्रत्यारोपण सेवा शुरु गरेको हो ।

अब कपाल प्रत्यारोपण गर्नको लागि काठमाडौं र अन्य देश जानुपर्ने बाध्यता टरेको कलेजले जनाएको छ ।

आफ्नै शरीरको कुनै भागको कपाललाई निकालेर नभएको ठाउँमा रोप्ने प्रक्रियालाई कपाल प्रत्यारोपण भनिन्छ । यसका लागि टाउकोको पछाडिको भाग, साइडको भाग, दाह्री,  छातीको कपाल र शरीरका अन्य स्थानका कपाललाई निकालेर कपाल नभएको ठाउँमा रोप्ने गरिन्छ । यस प्रक्रियालाई विश्वसनीय मानिने चिकित्सकले बताएका छन् ।

Last modified on 2021-02-15 13:18:11

  1. जय पाठक (जेपी)

    स्वास्थ्यकर्मीसमेत रहेका पाठक हाम्रो डक्टर न्यूजका चितवन ब्यूरो प्रमुख हुन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts