स्वास्थ्य कार्यालय रुपन्देहीले तोक्यो ४ स्थानमा कोभिड खोप केन्द्र



Download our app to get more features
Spark_health_home

रुपन्देही, २ फागुन । रुपन्देही स्वास्थ्य कार्यालयले कोरोना विरुद्धको खोपका लागि खोप केन्द्र तोकेको छ । 

पहिलो चरणको दोस्रो प्राथमिकतामा परेका व्यक्तिहरुलाई कोभिड–१९ विरुद्धको खोप अभियानका लागि स्वास्थ्य कार्यालय, रुपन्देहीले ४ स्थानमा खोप केन्द्र तोकेको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पहिलो चरणको दोस्रो प्राथमिकतामा परेका व्यक्तिहरुलाई खोप लगाउनका लागि फागुन २ गतेदेखि ८ गतेसम्मका खोप अभियान सञ्चालन गर्दैछ ।

पहिलो चरणको दोस्रो प्राथमिकतामा पहिलो चरणमा छुटेका स्वास्थ्यकर्मीलगायत स्थानीय तहका कर्मचारी, जनप्रतिनिधि जिल्ला स्तरीय सबै सरकारी कार्यालय कर्मचारी, जिल्ला स्तरीय जनपद प्रहरी, सिमा सुरक्षामा खटिएका प्रहरी, जिल्ला स्तरीय सार्वजनिक संस्थानका कर्मचारी र जिल्ला भित्रका पत्रकारलाई खोप लगाउँदै छ ।

स्वास्थ्य कार्यालयले लक्षित समुहमा परेका व्यक्ति सबैलाई पायक पर्ने खोप केन्द्रमा सम्बन्धीत कार्यालयको परिचय पत्र सहित गई खोप लगाउन जिल्ला  स्वास्थ्य कार्यलय रुपन्देहीका प्रमुख डा. राजेन्द्र गिरीले आग्रह गरे ।

यी हुन् तोकिएका खोप केन्द्र :

Hamro Doctor
Kathmandu Cancer Center alka Norvic Hospital

फेसबुकबाट तपाईको प्रतिक्रिया

vayodha Related Posts