फागुनको अन्तिम साताबाट सर्वसाधारणले कोरोना खोप पाउने



Download our app to get more features
Spark_health_home

काठमाडौ, १ फागुन । सरकारले फागुनको अन्तिम सातापछि कोरोना खोप सबैलाई लगाउने दिने योजना बनाएको छ। यसका लागि स्थानीयपालिकाबाट खोप सञ्चालन गरिने स्वास्थ्य मन्त्रालयले जनाएको छ। 

दोस्रो चरणको खोप अभियान आइतबारदेखि सुरू हुँदैछ। सरकारी कर्मचारी, बैंकका कर्मचारी स्थानीय तहका जनप्रतिनिधि, सीमा सुरक्षा पोष्टमा खटिएका कर्मचारी र पहिलो चरणमा छुटेकाहरुलाई कोरोना खोप दिइनेछ।

पहिलो चरणको दोस्रो प्राथमिकताको खोप फागुन २ देखि ८ गते सम्म सञ्चालन हुने मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए।

‘खोप दिने क्रमसँगै खरिदको प्रक्रिया पनि अगाडि बढाइरहेको डा गौतमले बताए । कोभ्यासबाट २२ लाख डोज खोप आउने सुनिश्चिता भएकाले फागुनको अन्तिम साताबाट आम समुदायमा खोप अभियान सुरूहुने जानकारी पनि उनले दिए । 
भारतले १० लाख डोज खोप ‘उपहार’ दिएपछि १४ माघदेखि खोप अभियान सुरु भएको थियो ।

पहिलो चरणमा स्वास्थ्यकर्मी, सफाइकर्मी लगायत ४ लाख ३० हजार फ्रन्टलाइनरलाई खोप लगाउने सरकारको लक्ष्य थियो। तर ११ दिनको अभियानमा देशभर एक लाख ८४ हजार ८ सय ५७ जनाले मात्र खोप लगाए ।

२६ माघदेखि ३० माघसम्म पत्रकार र कूटनीतिक नियोगमा कार्यरत कर्मचारीहरुलाई खोप दिइएको थियो। अब तीन लाख डोज बाँकी नै रहेको छ। सो खोप लगाउनका लागि भोलीबाट पहिलो चरणको दोस्रो अभियान सुरू हुँदै छ। 

सरकारको योजना अनुसार फन्टलाइरनमा खटिएका ९ लाख खोप दिने दिनुपर्ने थियो। तर, पहिलो चरणमा ५ लाखलाई पुग्ने खोप आएको छ।

Hamro Doctor
Last modified on 2021-02-14 07:53:43

Kathmandu Cancer Center alka Norvic Hospital

फेसबुकबाट तपाईको प्रतिक्रिया

vayodha Related Posts