वि. एण्ड वि.अस्पतालले गर्यो आकाशे पुलमा बत्ती जडान



Download our app to get more features

काठमाडौ, ४ फागुन । वि. एण्ड वि.अस्पतालले गेट अगाडीको आकाशे पुलमा बिजुली बत्ती जडान गरेको छ । आकाशे पुल बरिपरि बारम्बार भै राख्ने सडक दुर्घटना र आकाशे पुल माथि हुने लागुऔषध  दुर्व्यसनीको जमघटका साथै अन्य सम्भावित अपराधिक घटनालाई मध्यनजर गरी आकाशे पुलमा बिजुली बत्ती जडान गरिएको हो । 

ललितपुर महानगरपालिकामा बारम्बार पहल गरी उक्तस्थान हुने सवारी गतिलाई नियन्त्रण गर्ने आवश्यक कार्यमा पनि सहभागी भएको अस्पतालले जनाएको छ ।
 सम्भावित सडक दुर्घटना कम गरौ र अपराधिक कार्य निर्मुल पारौं भन्ने मुलमन्त्रका साथ अस्पतालले यस्ता काम गर्दै आएको छ ।  

जस अन्तरगर्त वि. एण्ड वि.अस्पतालले जेष्ठनागरिकलाई छुट प्रदान गर्ने, ओठ तथा मुखको तालु फाटेका बच्चाहरुको वर्षौ देखि निशुल्क उपचार गराउदै आएको छ  । यस्ता  विभिन्न कार्यक्रमको माध्यमबाट सामाजिक उत्तरदायित्व बहन गर्दै आएको छ ।

जनस्वास्थ्य सेवाको क्षेत्रमा ठूलो लगानी गर्दै आईरहेको यो अस्पतालले हाल हाड जोर्नी, मुत्ररोग, जनरल सर्जरी, जनरल मेडिसिन, नशा रोग, मुटुरोग, अबुद्र्व रोग (क्यान्सर), वाल रोग, स्त्री तथा प्रशुती सेवा, प्लास्टिक तथा कस्मेटिक सर्जरी, दन्त रोग, नाक–कान–घाँटी सम्बन्धी उपचार गरिरहेको छ । 

Last modified on 2021-02-18 11:38:47


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts