चिकित्सकको सल्लाहबिना प्रयोग गर्नु हुँदैन जटामसी



Download our app to get more features

नेपालको हिमाली क्षेत्रमा पाइने जटामसी छुप तातिको बिरुवा हो । यो ११ हजार फिटको चिसो र ओसिलो ठाउँमा बाह्रैमास पाइने जडीबुटी हो । यसको जरामा जटा जमेको हुँदा यसलाई जटामसी भनिएको हो । ती जटामा निकै सुगन्धित उडनशील तेल रहेको हुन्छ । त्यो तेल नै प्रमुख आयुर्वेदिक औषधिको रुपमा प्रयोग हुन्छ । यसका साथै यसमा जटा मन्सुन भन्ने केमिकल पनि रहेको हुन्छ । 

यसमा हुने तेल कपुरको बास्नामा तितो, पिरो, टर्रो र गलियो स्वामा हुन्छ । यसको पाता लाम्चो प्रकारको हुन्छ भने फूल गुलाबी, निलो आदि रङको पाइन्छ । हिमाली जडीबुटीमध्ये जटामसी प्राचिनकालदेखि नै प्रचलित नाम हो । अहिले जटामसी प्रशोधन गरेर तेल निर्यात हुन थालेको छ ।

विचार पुर्याउनपर्ने कुरा
जटामसी विष भएको जडीबुटी हो । त्यसैले यसलाई शुद्धीकरणपछि मात्र प्रयोग गर्नुपर्छ । यसको प्रयोग गर्दा चिकित्सकको सल्लाह अनिवार्य लिनुपर्छ । शुद्धीकरण गरी चूर्ण बनाइएको जटामसी प्रयोग गर्दा बिहान बढीमा दुई ग्राम र बेलुकी दुई ग्राम गरी चार ग्रामभन्दा बढी सेवन गर्न हुँदैन । यदि तेल, ट्याबलेट या चूर्ण प्रयोग गर्नुपर्ने भए चिकित्सकको सल्लाह लिनुपर्छ ।

यसको प्रयोग 
आयुर्वेदमा जटामसीलाई बाथ दोष (दुखाई कम गर्ने) भएको जडीबुटीको रुपमा उल्लेख गरिएको छ । त्यसैले संस्कृतमा यसलाई वेदना स्थापक जडीबुटी भनिन्छ ।
धेरै पसिना आउनेलाई यसको लेप लगाउँदा ठीक हुन्छ । धेरै पसिनाले छालालाई अस्वस्थ बनाउँदा यसको प्रयोग गरे फाइदा हुन्छ । त्यस्तै, यसले छालालाई नरम बनाउन पनि मद्दत गर्छ । यो जडीबुटीबाट बनेको औषधि निद्रा नलाग्नेलाई निद्रा लगाउन पनि सहयोग गर्छ ।

यसको प्रयोगले रक्तनसालाई आराम दिन्छ र रक्तचाप नियमित गर्न मद्दत गर्छ । त्यैले उच्च रक्तचाप भएकाहरुका लागि यो उपयोगि औषधि हो । यसले दिमागलाई बलियो बनाउँछ । यसको प्रयोगले श्वासनलिलाई उत्तेजित बनाई चलायमान बनाउँदा छाती, घाँटीको कफ निकाल्न सहज बनाउँछ । पटक–पटक पिसाब गइरहुनपर्ने समस्या भएकालाई पनि यसले रामं्रो फाइदा दिन्छ । 

जटामसीको तेलले कपाल झर्न रोक्छ, लामो बनाउन मद्दत गर्छ र कपाललाई पोषण प्रदान गरी दह्रो बनाउँछ । पछिल्लो समय जटामसीलाई सौन्दर्य प्रसाधनका लागि पनि प्रयोग गर्न थालिएको छ ।

Last modified on 2021-02-25 07:45:24


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts