विश्व मोटोपन दिवस

मोटोपना घटाउन चाहनुहुन्छ ? अपनाउनुस् यी १५ उत्तम उपाय



Download our app to get more features

मोटोपना घटाउनका लागि खान–पानमा सुधार गर्नु आवश्यक छ । केहि प्राकृतिक बस्तु यस्ता हुन्छन् जसको सेवनले तौल नियन्त्रण भइरहन्छ । त्यसैले यदि तपाईं आफ्नो तौल कम गर्नका लागि धेरै मिहिनेत गर्न सकिरहनु भएको छैन् भने यहाँ दिइएका साना–साना उपाय अपनाउन सक्नु हुनेछ । यी उपायले तपाईंको बढ्दै गरेको तौल कम गरिदिन्छ । 

१) तरकारी र फलफूलमा क्यालोरी कम हुन्छ , त्यसैले यसको सेवन अत्यधिक मात्रामा गर्नुस् । केरा नखानुस् । यसले मोटोपना बढ्छ । पुदीनाको चिया पकाएर खानाले मोटापना कम हुन्छ ।

२) खाना खानुका साथै टमाटर र प्याजको सलादमा विरे नुन राखेर खानुपर्छ । यसले शरीरलाई भिटामिन सी, भिटामिन ए, भिटामिन के, आयरन, पोटाशियम, लाइकोपीन र ल्यूटिन प्राप्त हुन्छ । यो सलाद खाना खाईसकेपछि खानाले पेट छिट्टै भरिने र तौल नियन्त्रीत हुन्छ ।

३) मेवा नियमित रूपले खानुस् । मेवा हरेक मौसममा पाइने फल हो । लामो समय सम्म मेवा खानाले ढाँडमा भएको  अतिरिक्त बोसो कम हुन्छ ।

४) दही खानाले शरीरमा भएका अतिरिक्त बोसो घट्दै जान्छ । महि खानाले पनि शरिरमा भएका अतिरिक्त बोसो कम हुन्छ ।

५) सानो पीपलका पातहरु पीसेर चुर्ण बनाई कपडाले छान्ने । यो चूर्ण तीन ग्राम दैनिक विहानको समयमा महि संग खानाले शरीरमा बाहिर निस्केको पेट भित्र जान्छ ।

६) अमला र बेसारलाई समान मात्रामा पिसेर चूर्ण बनाउने र उक्त चूर्णलाई मोहीसँग खाने । यसले ढाँडमा भएको बोसो कम हुने र कम्मर पातलो हुन्छ ।

७) मोटोपना कम भईरहेको छैन् भने खानामा हरियो काटेको खुर्सानी अथवा मरिचलाई समावेश गर्नुपर्छ । यसले बढ्दै गरेको तौल नियन्त्रणमा आउँछ । एक अध्ययनका अनुसार तौल कम गर्ने सवैभन्दा उत्तम उपाय खुर्सानी खानु हो । खुर्सानीमा पाइने तत्व कैप्साइसिनले भोक मर्ने हुन्छ । यसले ऊर्जाको खपत पनि बढ्ने हुँदा तौल नियन्त्रणमा सहयोगी हुन्छ ।

८) दुई ठूलो चम्चा मूलाको रसमा मह मिसाएर बराबर मात्रामा पानी सँगै पिउने । यसो गर्नाले एक महिनापछि मोटोपना कम हुन थाल्छ ।

९) मालती फूलको जरालाई पिसेर मह मिसाएर खाने र मोही पिउनुपर्छ । प्रसुती पछि हुने मोटोपनामा यसले रामबाण जस्तै काम गर्छ ।

१०) दैनिक बिहान एक गिलास चिसो पानीमा दुई चम्चा मह मिसाएर पिउने । यसले शरीरमा भएको बोसोको मात्रा कम हुन्छ ।

११) धेरै कार्बोहाइड्रेट भएको खाने कुराबाट टाढै बस्नु पर्छ । चिनी, आलू र चामलमा अत्याधिक कार्बोहाइड्रेट हुन्छ जसले बोसो बढाउँछ ।

१२) मात्र गहुँको पिठोको रोटी खानु भन्दा गहुँ, सोयाबीन र चना मिसाएको पिठोको रोटी खानु बढि फाइदाजनक हुन्छ ।

१३) दैनिक बन्दाकोबीको जूस पिउनु पर्छ । बन्दा कोबीमा बोसो बटाउने गुण हुन्छ । यसले शरीरका मेटाबालिज्म कन्ट्रोलमा रहन्छ ।

१४) एक चम्चा पुदीनाको रसमा २ चम्चा मह मिसाएर खानाले मोटोपना कम हुन्छ । 

१५) बिहान उठ्ने वित्तिकै २५० ग्राम टमाटरको रस २–३ महीना सम्म पिउनाले बोसो कम हुदै जान्छ ।

Last modified on 2021-03-04 15:56:45


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts