घरमै होली खेल्दा यी कुरामा ध्यान दिनुस्



Download our app to get more features

काठमाडौं, १५ चैत । यतिबेला कोरोना भाइरसको संंक्रमणका कारण बाहिर निस्केर होली खेल्न सक्ने अवस्था छैन । सद्भाव र मायाको पर्व होली भिडभाडमा जम्मा भएर नमनाउन सरकारले निर्देशन जारी गरेको छ । तर, पारिवारिक सद्भाव र मायालाई भने कसैले रोक्न सक्दैन । त्यसकै फलस्वरुप घर परिवार भित्रै पनि आज होली पर्व सौहार्दपूरर्ण वातावरणमा मनाइँदैछ ।  नेपाल कोरोना भाइरसको उच्च जोखिममा रहेका कारण घरमै होली खेलिरहँदा केही विशेष सतर्कता भने अपनाउन जरुरी छ । बाहिरबाट खरिद गरिएका र पकाइने खानालाई राम्रोसँग पकाएर मात्र खानुपर्छ । 

फेसियल र रङ 
अनुहारको छालाप्रति सचेत हुने हो भने होली खेल्नुअघि फेसियल गर्नु ठीक होइन । फेसियल गर्दा छाला नरम हुन्छ र नरम छालामा रङले तत्काल असर गर्छ । त्यसो त सबै खाले रङ होलीका लागि उपयुक्त हुँदैनन् । रातो र गुलाफी राम्रो हुन्छ । हरियो, पर्पललगायत रङमा छालामा असर गर्ने हानिकारक केमिकल बढी हुन्छन् । 
कन्ट्याक्ट लेन्स 
होली खेल्दा आँखा हरपल खतरामा हुन्छ । आँखामा रङ पर्यो भने एलर्जी हुने र पाक्ने समस्या निम्तिन सक्छ । यदि आँखाका कन्ट्याक्ट लेन्स प्रयोग गर्नुहुन्छ भने होली खेल्दा निकालेर राख्नु नभुल्नुहोस् । आँखा र कन्ट्याक्ट लेन्सबीच रङ जम्मा भयो भने इन्फेक्सन हुन सक्छ । 
पेट्रोलियम पदार्थ 
होली खेल्दा प्रयोग गरिने कतिपय केमिकलयुक्त रङ सजिलै पखालिँदैन । रङ फाल्ने नाममा कतिपयले मट्टीतेल, पेट्रोल र नेल रिमुभर प्रयोग गर्ने गलत तरिका अपनाएको पाइन्छ । यस्तो कहिल्यै नगर्नुहोस्, छाला खराब हुन्छ । बरु, बेसन प्रयोग गर्न सक्नुहुन्छ । 
कपालमा रङ 
धेरै रङहरु मेटल अक्साइडजस्ता लिडबाट बनेका हुन्छन् । यस्ता रङले कपाललाई तरुन्तै असर पुर्याउन सक्छ । कपालमा नरिवलवा तोरीको तेल लगाएर मात्रै होली खेल्न निस्किनु राम्रो हुन्छ । साबुन अनुहारका रङ पखाल्न साबुन प्रयोग नगरेकै राम्रो हुन्छ । रङले खस्रो बनाएको छालामा साबुन रगड्दा कोरिने र एलर्जी हुने खतरा रहन्छ । त्यसैले क्लिन्जर नै उपयुक्त हुन्छ । 
तातोपानी
 रङ पखाल्न गर्न नहुने अर्को गल्ती हो, तातोपानीको प्रयोग । तातोपानीले रङलाई झनै छालामा जमाइदिन्छ । यसले छाला सुक्खा बनाइदिन्छ । त्यसैले चिसोपानी नै प्रयोग गर्नुहोस् । 
धेरै नभिज्ने  
होलीको समयमा मौसम पुरै गर्मी भइसकेको हुँदैन । जाडो हटेर गर्मी सुरु हुँदै गरेको अस्थिर मौसम हुन्छ । त्यसैले पानीमा धेरै रुझ्दा रुघा, खोकी र ज्वरोले हैरान पार्न सक्छ । निमोनियाको खतरा पनि रहन्छ । होली खेल्दा धेरैबेर घाममा रहनु पनि ठीक होइन । केमिकलयुक्त रङमा अल्ट्राभाइलेट किरणको प्रभाव पर्दा छालामा असर निम्त्याउन सक्छ । 
खानपानमा ध्यान 
होलीमा पकाइने खानालाई सफासँग पखालेर मात्रै पकाउने । खाना खादापनि हात सफासँग धोएर मात्रै खाने । घरमा आउने पाहुनालाई पनि हात धुने व्यवस्था गर्ने । सरसफाइमा विशेष ध्यान दिने । बच्चाहरुलाई जथाभावि बाहिर जान नदिने र चिसो पेय पदार्थ पिउनबाट जोगिने ।  


 

Last modified on 2021-03-31 09:17:43


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts