फ्रान्समा कोरोना सङ्क्रमणको दर बढेसँगै ४ हप्ताका लागि देशव्यापी लकडाउन



Download our app to get more features
Spark_health_home

एजेन्सी, १९ चैत । फ्रान्समा कोरोना सङ्क्रमणको दर बढेसँगै ४ हप्ताका लागि देशव्यापी लकडाउनको घोषणा गरिएको छ । 

फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोनले शनिवारदेखि ४ हप्ताका लागि देशव्यापी लकडाउनको घोषणा गरेका छन् । 
 
बुधवार एक टेलिभिजनलाई अन्तरवार्ता दिने क्रममा राष्ट्रपति इम्यानुएलले लकडाउनको क्रममा देशभरका विद्यालय र कार्यालयहरु बन्द रहने तथा अत्यावश्यक पसलहरु मात्रै सञ्चालनमा रहने बताए । 

साथै उनले लकडाउनको त्रेला सार्वजनिक सभालाई पूर्ण रुपले रोक लगाइएको भन्दै उचित कारणको बिना आफ्नो घरभन्दा १० किलोमिटर पर निस्कन र जान नपाइने पनि प्रस्ट बनाए ।
 
राष्ट्रपति इम्यानुएलले मुलुकमा कोरोना सङ्क्रमणको दर बढेपनि त्यसलाई नियन्त्रणमा लिनका लागि प्रयासहरु भइरहेको हुनाले आत्तिनु पर्ने अवस्था नरहेको पनि बताए । 

फ्रान्समा हालसम्म कोरोना भाइरसका कारण ४६ लाख ४४ हजारभन्दा बढी मानिसहरु संक्रमित भइसकेका छन् भने ९५ हजारभन्दा बढीको मृत्यु भइसकेको छ ।
 

Hamro Doctor
Last modified on 2021-04-01 07:37:27

Kathmandu Cancer Center alka Norvic Hospital

फेसबुकबाट तपाईको प्रतिक्रिया

vayodha Related Posts