"नेपाल स्वास्थ्य सम्मेलन - २०७७" हुने

स्वास्थ्य नीति पुनरावलोकन लगायतका विषयमा छलफलको तयारी



Download our app to get more features
Spark_health_home

काठमाडौं, २२ चैत । "नेपाल स्वास्थ्य सम्मेलन-२०७७" हुने भएको छ ।

यहि चैत २४ गते हुने सम्मेलनको नारा “आरोग्यादाः स्वस्थ जीनका लागि सबैको साथ” तय गरिएको छ ।

पहिलो पटक हुन लागेको सम्मलेनको उदेश्य स्वदेश तथा विदेशमा रहेका स्वास्थ्य विशेषज्ञहरुलाई एकसाथ ल्याएर स्वास्थ्य क्षेत्रले सामना गरिरहेका चुनौती तथा कमीकमजोरीमाथि छलफल गर्दै त्यसलाई सुृढ पार्न सक्ने सम्भावित तरिकाहरु पहिचान गर्न मद्दत गरिी स्वास्थ्य क्षेत्रमा चलिरहेको बहसमाथि योगदान पुर्याउनु रहेको छ ।

सम्मेलनको कार्यक्रम संयोजक प्रकृति ढकालले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिपेक्षमा स्वास्थ्य प्रणालीको कमीकमजोरीको मूल्यांकन गर्नुका साथै हालसम्म हासिल गरेको प्रगतिबारे पनि यस सम्मेलनमा छलफल गर्ने बताइन् । 

उनले कार्यक्रममा ४ वटा सत्र सञ्चालन हुने भन्दै पहिलो सत्रमा स्वास्थ्य साक्षरता सबैको एजेण्डा, दोस्रो सत्रमा कोभिड १९ महामारी र दिगो विकास लक्ष्य, तेस्रो सत्रमा स्वास्थ्य नीतिको पुनरावलोकन र चौथो सत्रमा स्वस्थ नेपालको लागि मूलधारका सञ्चार माध्यमको भूमिका लगायतका विषयमा छलफल हुने पनि जानकारी दिइन् ।

चार वटै सत्रमा एक/एक जना मध्यस्तकर्ताका साथै ४/४ जना विज्ञहरुको सहभागिता रहनेछ । सम्मेलनबाट प्राप्त सुझावको प्रतिवेदन तयार गरी सरोकारवाला निकायहरुलाई पेश गरिने छ । साथै स्वास्थ्य क्षेत्रमा अतुलनीय ससेवा प्रदान गर्नुहुने महानुभावलाई “आरोग्यदा सम्मान” बाट सम्मानित गरिनेछ ।

सम्मेलन स्वास्थ्य त्रिकाल प्रोडक्सनको आयोजनामा अमेरिकी राजदूतावासको युवा परिषदभित्र रहेको स्वास्थ्यकर्मीको समूह “सत्पाह आजीवन” द्वारा सञ्चालन गरिनेछ । सम्मेलन स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र अमेरिकी दूतावासको सहयोगमा विश्व स्वास्थ्य दिवसको अवसर पारेर आयोजना हुनेछ । सम्मेलनको उद्घाटन प्रधामीन्त्री केपी शर्मा ओलीले गर्ने कार्यक्रम तय गरिएको छ । 

Hamro Doctor
Last modified on 2021-04-04 19:15:24

Kathmandu Cancer Center alka Norvic Hospital

फेसबुकबाट तपाईको प्रतिक्रिया

vayodha Related Posts