यी हुन् बालबालिकाका आँखामा धेरै देखिने समस्या



Download our app to get more features

दृष्टिदोष, अल्छी आँखा, छड्के आँखा, जन्मजात हुने मोती विन्दु, जलविन्दु, आँखामा लाग्ने चोटपटक, संक्रमण (आँखा पाक्ने), एलर्जी, रतन्धो आदि बालबालिकामा सबै भन्दा धेरै हुने समस्या हुन् ।

कारण 
यदि परिवारको कुनै व्यक्तिलाई आँखा सम्बन्धी समस्या छ भने बालबालिकामा पनि ती समस्या देखिने सम्भावना उच्च हुन्छ । घाममा धेरै खेल्ने, मोबाइल, कम्प्युटरमा धेरै समय खर्चने बालबालिकामा पनि आँखाको समस्या चाडै देखिन्छ । 

लक्षण
आँखाकोे नानी सेतो देखिनु ।
कुनै पनि वस्तु हेर्नु परे मुन्टो तथा अनुहार बङ्ग्याउनु ।
आँखा छड्के देखिनु ।
आँसु आउनु, आँखा धेरै झिम्झिम गर्नु ।
आँखा रातो हुनु ।
आँखा चिलाइरहनु ।
टेलिभिजनलाई नजिकबाट हेर्नु ।

ध्यान दिनुपर्ने कुराहरू
कुनै बालबालिकामा आँखा सम्बन्धी माथि उल्लेखित लक्षण देखिए तुरुन्तै आँखा जाँच गराउनु पर्छ । साथै कुनै समस्या नदेखिए पनि शिशु जन्मेको ४५ दिनदेखि दुई महिनामा एक पटक, ६ महिनामा एक पटक, स्कूल भर्ना हुने समय (३–४ वर्ष) मा एक पटक आँखा जचाउनु पर्छ ।

पछि ८–१० वर्ष नपुगुन्जेलसम्म प्रत्येक वर्ष आँखा जाँच गराउनु पर्छ । यसका साथै कम तौल भएका वा ९ महिना अघि नै जन्मिएका शिशुहरु (प्रिम्याच्योर बेबी) को आँखा जन्मेको एक महिनादेखि ६ साताभित्र जाँच गराउनु पर्छ ।

सुझाव
बालबालिकाहरू आँखामा हुने विविध समस्या र लक्षण बारे थाहा पाउँदैनन् । उनीहरु आँखा दुख्ने, रातो हुने, दृष्टि कमजोर हुने जस्ता विषय ख्याल गर्न सक्ने अवस्थामा पनि हँुन्दैनन् । यसकारण उनीहरुको स्वास्थ्य, आनीबानीमा अभिभावकले नै ख्याल गर्नुपर्छ । 

Last modified on 2021-04-06 13:46:21


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts