छाला कडा हुने बाथ ‘स्कलेरोडर्मा’ के हो ? जानौं लक्षण र जोगिने उपायबारे



Download our app to get more features

स्क्लेरोडर्मा (Scleroderma) छाला कडा हुने एक प्रकारको बाथ रोग हो ।  जसलाई  छालाको बाथ  पनि भनिन्छ । योे बाथ दुई प्रकारका हुन्छन्, (Localized र Diffuse)  यस्तो बाथले छालासंगै  शरीरका  भित्री अंङ्गहरु मुटु, फोक्सो, खानाको नलीमा असर पर्नसक्छ । 

 लक्षण

  • छाला (औंला तथा हाथ, खुट्टाका) सुन्निने र बिस्तारै कडा हुँदै जाने ।
  • चिसोमा औंलाको रंङ्ग परिवर्तन भएर सेतो, निलो हुने  ।
  • छाला बाक्लो र कडा हुने कारणले मुठ्ठी पार्न गाह्रो हुने  ।
  • खाना निल्न गाह्रो हुदै जाने, अमिलो पानी आउने  ।
  • जोर्नीहरु दुख्ने, सुन्निने, अरठ्ठो हुने  ।
  • फोक्सोमा जाली पर्नाले दम बड्ने, सास फेर्न गाह्रो हुने  ।
  • मांशपेशी कमजोर हुँदै जाने  ।
  • छाती दुख्ने, मुटु ढुकढुक हुने  ।

यस्ता छन् जटिलताहरु

  • छाला कडा र साह्रो भएर औलाहरु सुक्दै जाने
  • मुख सानो हुदै जाने (मुख खोल्न गाह्रो हुने)
  • जोर्नी चलाउन गाह्रो हुने
  • फोक्सोमा जाली पर्ने
  • औलाका टुप्पामा घाउ हुने र मरेर जाने
  • छाला र फोक्सोको सम्भावना बढ्ने

मुटुमा असर पार्ने

  • मृगौलामा असर पार्ने  
  • खानाको नलीमा असर पार्ने

कसलाई हुन्छ बढी ?

  • महिलामा बढी देखिन्छ (३ देखि ७ गुणा बढी)
  • ३५ देखि ५० वर्षको उमेरमा सुरु हुन्छ
  • सानो उमेरमा कम देखिन्छ
  • हरेक १ लाखमा ६ जनालाई हुन सक्छ

के गर्ने के नगर्ने ?

  • छालालाई नरम राख्न moisturizer/cream को प्रयोग गर्ने ।
  • जोर्नीको वरिपरि घाउ हुने सम्भावना हुँदा  घाउ हुन नदिने ।
  • चिसोबाट बच्ने ।
  • औंलाहरु र शरीरलाई न्यानो राख्ने ।
  • कडा किसिमको सरफ र साबुनको प्रयोग नगर्ने, घरको काम गर्दा पञ्जाको प्रयोग गर्ने ।
  • औंलाका टुप्पामा घाउ आउँदा तुरुन्त उपचार गर्ने ।
  • नियमित व्यायम गर्ने ।

कस्ता खानापानमा ध्यान दिने 

  • मद्यपान तथा धुम्रपानको  प्रयोग नगर्ने
  • चिया, कफि, चिल्लो र मसलाहरु कम खाने
  • खाना ठिक्क मात्रामा खाने र खाएको ३ घण्टासम्म खाटमा नपल्टिने
  • वजनलाई ध्यानमा  राख्ने 

उपचार

  • यस बाथको उपचार  लक्षण र कुन अंगमा असर भएको छ सोही अनुसार उपचार फरक–फरक हुन्छ । 
  • खाने कुरामा ध्यान दिने
  • व्यायाम सँगै औषधिको जरुरत
  • स्वास्थ जीवनशैली अपनाउने 
  • भित्रि अंङ्गहरु फोक्सो, मुटु, मिगौलामा असर गरेको अवस्थामा उपचार जटील हुनसक्ने हुँदा समयमै चिकित्सकसँग  सल्लाह  लिने
Last modified on 2021-04-07 16:21:26


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts