भारतको उत्तर प्रदेशमा मास्क नलगाउनेलाई १० हजार जरिवाना



Download our app to get more features

एजेन्सी, ३ बैशाख । युपीमा कोरोना संक्रमण बढ्न थालेपछि उत्तर प्रदेश सरकारले आइतबारदेखि लकडाउन गर्ने घोषणा गरेको छ ।

राज्‍य सरकारले अत्यावश्‍यक सेवा बाहेकका सवारी आवागमनमा रोक लगाउने, बजार पसल बन्द गराउने भारतीय सञ्‍चारमाध्‍यमले जनाएका छन् ।
यस्तै उत्तर प्रदेश पूर्ण रुपमा बन्द गर्नुका साथै मास्क नलगाइ हिड्‍नेलाई पहिलो पटक १ हजार रुपैयाँ जरिवाना गर्ने र त्‍यसपछि फेरि समातिएमा १० हजार जरिवाना तिर्नु पर्ने बताइएको छ ।

यूपी सरकारले बिहीबार १५ मार्चसम्‍म सबै स्कुल बन्‍द गर्ने घोषणा गरेको थियो । साथै राज्‍यको बोर्ड परीक्षा पनि रद्द भएको थियो ।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts