दिल्लीमा रेमडेसिभिर औषधि र अक्सिजनको अभाव



Download our app to get more features

एजेन्सी, ४ बैशाख । भारतको दिल्ली राज्यका मुख्यमन्त्री अरविन्द्र केजरीवालले कोरोना संक्रमितको उपचार गर्न रेमडेसिभिर औषधि र अक्सिजनको अभाव भएको बताएका छन्। 

कोरोना संक्रमितको उपचारमा यो औषधि धेरै महत्त्वपूर्ण मानिन्छ र आपतकालीन प्रयोग गरिँदै आएको छ। तर, पछिल्लो समयमा कोरोना संक्रमण बढ्दै जाँदा यो औषधिको माग पनि बढेको छ। यद्यपि, भारतीय सरकारले यसलाई विदेश निर्यातमा रोक लगाएको छ। 

‘दिल्लीमा अक्सिजन र कोरोना संक्रमितको उपचारमा प्रयोग गरिने रेमडेसिभिर औषधिको अभाव छ। यस्तै आईसीयूमा बेडको संख्या सीमित छ। बिरामीको संख्या र अक्सिजन अभावको बारेमा केन्द्रीय स्वास्थ्य मन्त्रीलाई सूचित गराएको छु,’ उनले भनेका छन्। 

गत २४ घण्टामा दिल्लीमा झण्डै २४ हजार कोरोना संक्रमित थपिएका छन्। दिनहुँ यही दरमा कोरोना संक्रमित फेला पर्न थालेपछि दिल्लीका अधिकांश अस्पतालमा बेडको अभाव हुन थालेको छ। 

उनले कोरोना संक्रमितको उपचार गराउन तीनरदिन भित्र ६ हजार बेड थपिनेसमेत बताएका छन्। ‘महामारीको सबैभन्दा खराब अवस्था कहिले आउने छ कसैलाई थाहा छैन। त्यसैले पूर्वतयारी स्वरुप ६ हजार बेड थपिनुपर्छ,’ उनले भनेका छन्। 

गत नोभेम्बरमा केन्द्र सरकारले ४१ हजार बेड कोरोना संक्रमितको लागि छुट्टाएको थियो। तर, यसपटक संख्या घटाएर १८ हजार बेड मात्रै छुट्टाइएको छ। ‘मैले डा केन्द्रीय स्वास्थ्य मन्त्री डा हर्षवर्द्धन जीलाई अनुरोध गरेको छु ५० प्रतिशत बेड संक्रमितको लागि आरक्षित हुनुपर्छ,’ उनले भनेका छन्। 

Last modified on 2021-04-18 08:23:33


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts