विश्वमा कोरोनाका कारण मृत्यु हुनेको सङ्ख्या ३० लाख नाघ्यो



Download our app to get more features

एजेन्सी, ५ बैशाख । विश्वमा कोरोना भाइरसको सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या ३० लाख नाघेको छ । विश्वमा कोरोनाका कारण अहिलेसम्म ३० लाख २३ हजारभन्दा धेरैको मृत्यु भएको पुष्टि भएको छ ।

अमेरिकाको जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार अमेरिका, भारत र ब्राजिल सबैभन्दा धेरै सङ्क्रमण फैलिएका देश हुन् ।  

यी तीन देशमा मात्रै १०  लाखभन्दा धेरैको ज्यान गएको छ । अमेरिकामा मात्रै ५ लाख ८० हजार ७ सय ५६ जनाको मृत्यु भएको छ । यस्तै भारतमा एक  लाख ७७ हजार एक सय ६८ जनाको मृत्यु भएको छ भने ब्राजिलमा तीन लाख ७१ हजार ८ सय ८९ जनाको  मृत्यु भएको  छ । 

पछिल्ला दिनमा विश्वमा औसतमा १२ हजार जनाको मृत्यु भएको पाइएको छ । विश्वमा अहिले १४ करोड १३ लाखभन्दा धेरै कोरोना भाइरसबाट सङ्क्रमित छन् । यस्तै, ११ करोड ९९ लाखभन्दा धेरैले कोरोनालाई जितेका छन् ।

Last modified on 2021-04-22 09:11:45


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts