भारतमा एकै दिन थपिए २ लाख ६० हजारभन्दा बढी संक्रमित



Download our app to get more features

एजेन्सी, ५ बैशाख । भारतमा कोरोना भाइरस संक्रमणको दर उच्च गतिमा बढिरहेको छ । पछिल्लो २४ घण्टामा २ लाख ६० हजार ७७८ जना संक्रमित थपिएका भारतको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ ।

एकै दिन यति धेरै संख्यामा संक्रमित थपिएक यो पहिलो पटक हो । एकैदिनमा कोरोनाबाट १ हजार ४०० जनाको मृत्यु भएको छ । मृत्यु दर पनि दैनिक एक हजारभन्दा धेरै छ । भारतमा हालसम्म १ लाख ७७ हजार १६८ कोरोना संक्रमितको मृत्यु भइसकेको छ। संक्रमितको संख्या १ करोड ४७ लाख ८२ हजार ४६१ पुगेको छ ।

हिजो १ हजार ३४१ जना कोरोना संक्रमितको मृत्यु भएको थियो भने २ लाख ३४ हजार ६९२ जना संक्रमित भएका थिए ।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts