भारतमा बनेको कोरोनाविरुद्धको खोप लगाएपछि संक्रमण दर न्यून: भारतीय वैज्ञानिक



Download our app to get more features

भारत, ९ वैशाख । भारतीय वैज्ञानिकहरुले कोरोना खोप लगाएकाहरुमा संक्रमण दर न्यून रहेको दावी गरेको छ ।

भारतको इन्डियन काउन्सिल अफ रिसर्च (आईसीएमआर) र पुणेस्थित नेसनल इन्स्टिच्युट आफ भाइरोलोजी (एनआईबी) का वैज्ञानिकले गरेको अध्ययनमा भारतमै बनेको कोरोनाविरुद्धको 'कोभ्याक्सिन' खोप कोरोनाको डबल म्युटेन्टविरुद्ध पनि प्रभावकारी देखिएको दावी गरेको हो ।

आईसीएमआरका अनुसार कोरोना भ्याक्सिनको पहिलो या दुबै डोज लगाएकाहरुमा मात्र ० दशमलव ०४ प्रतिशत अर्थात् खोप लगाएका १० हजार जनामध्ये २ देखि ४ जनामा मात्रै कोरोनाको संक्रमण देखिएको छ ।

यस्तै भारतकै सीरम इन्स्टिच्यूटले विकास गरेको कोभिशिल्ड खोपको दोस्रो डोज लिएपछि ० दशमलव ०३ प्रशितमा मात्रै कोरोनाको संक्रमण देखिएको पनि आईसीएमआरले बताएको छ ।
 
भारतीय सञ्चारमाध्यमका अनुसार बेलायत, ब्राजिल र दक्षिण अफ्रिकाबाट भारत भित्रिएको अलग अलग म्युटेन्टका भाइरसलाई संकलन गरी भारत बायोटक कम्पनीले बनाएको कोभ्याक्सिन परीक्षण गरिएको थियो । त्यस क्रममा यो भ्याक्सिनको दुई डोज लगाएका बिरामी गम्भीर बिरामी नपरेको दावी गरिएको छ ।

भारतमा पछिल्लो समय देखिएको कोरोनाको डबल म्युटेन्टले भारतमा भयावह रुप लिँदै गएको छ ।

गत २४ घन्टामा मात्रै ३ लाख १५ हजारभन्दा बढीमा कोरोना संक्रमण देखिएको छ भने २१ सयभन्दा बढीको मृत्यु भइसकेको छ ।

Last modified on 2021-04-22 09:49:56


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts