भारतमा पछिल्लो २४ घण्टामा ३ लाखभन्दा धेरैमा कोरोना सङ्क्रमण



Download our app to get more features

बीबीसी, ९ बैशाख । भारतमा गएको २४ घण्टामा तीन लाखभन्दा धेरैलाई कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा भारतमा तीन लाख १५ हजार सात सय २८ जना सङ्क्रमित भएका छन् । यो विश्वमै अहिलेसम्म सबैभन्दा धेरै हो । भारतमा कोरोना सङ्क्रमण पुष्टि हुनेको कुल सङ्ख्या एक करोड ५९ लाख नाघेको छ ।

यस्तै २४ घण्टामा त्यहाँ कोरोनाका कारण दुई हजार एक सय दुई जनाको मृत्यु भएको छ । योसँगै भारतमा कोरोनाका कारण ज्यान गुमाउनेको सङ्ख्या एक लाख ८४ हजार नाघेको छ ।

गएको २४ घण्टामा एक लाख ७९ हजारभन्दा धेरै डिस्चार्ज भएसँगै अहिलेसम्म एक करोड ३४ लाखभन्दा धेरै निको भएका छन् । भारतमा अहिले २२ लाख ८४ हजारभन्दा धेरै सक्रिय सङ्क्रितको उपचार भइरहेको छ । 

यसैबीच कोरोना भाइरसको सङ्क्रमण बढेपछि भारतको महाराष्ट्र राज्यमा पूरै लकडाउन घोषणा गरिएको छ । महाराष्ट्रमा गएको २४ घण्टामा ६७ हजारभन्दा धेरै सङ्क्रमित भएका छन् भने पाँच सय ६८ जनाको मृत्यु भएको छ ।

Last modified on 2021-04-22 15:30:04


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts