कोरोना संक्रमितको व्यवस्थापनका लागि प्रदेश सरकारले अस्पतालसँग सम्झौता गर्न सक्ने

यी हुन् मन्त्रालयका निर्णय



Download our app to get more features
Spark_health_home

काठमाडौं, १४ वैशाख । सरकारले विदामा बसेका स्वास्थ्यका कर्मचारीलाई तत्काल कार्यालयमा उपस्थित हुन निर्देशन दिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मन्त्रीस्तरीय निर्णय गर्दै कोरोना महामारीको यस विषम परिस्थितिमा जनशक्ति अभाव हुन सक्ने भइरहेको हुँदा विदामा बसेकालाई तत्काल कार्यालयमा हाजिर हुन भनेको छ ।

मन्त्रालयले कोरोनाविरुद्धको यस लडाईको बेला लामो विदामा नबस्न, बिदामा बसेको भए तुरुन्त कार्यालयमा उपस्थित हुन निर्देशन दिएको छ ।

यस्तै कार्यरत जनशक्तिमध्ये ५० प्रतिशत जनशक्तिको पालो निर्धारण गरि सेवा दिने व्यवस्था पुनः लागू गर्न, अस्पतालको स्विकृत दरबन्दी अनुसार कुनै पद रिक्त रहेमा तत्काल जनशक्ति व्यवस्थापन गर्न, स्विकृत जनशक्ति भएमा बढी जनशक्ति आवश्यक परेमा ६ महिनाका लागि करार सेवा लिन सक्ने निर्णय पनि मन्त्रालयले गरेको छ ।

यस्तै मन्त्रालयले २५ देखि २ सय शय्या भएका सबै सामुदायिक, सरकारी तथा निजी अस्पतालहरुसँग कोरोना उपचारका लागि सम्झौता गरेको छ ।

मन्त्रालयको स्वास्थ्य आपतकालिन कार्यसञ्चालन केन्द्रले कोभिड १९ संक्रमित व्यवस्थापनका लागि २५ देखि २ सय शय्या क्षमता भएका सबै सरकारी, सामुदायिक, निजी तथा गैर सरकारी अस्पतालसँग प्रदेश सरकारको सामाजीक विकास मन्त्रालयले सेवा सम्झौता गर्ने बताएको छ ।

यस्तै सोधभर्ना भुक्तानिका लागि स्वास्थ्य मन्त्रालयको सिफारिस गरी पठाउने भनी उल्लेख भएअनुसार आवश्यकताका आधारमा संलग्न ढाँचा अनुसार अस्पतालसँग यथाशिघ्र सेवा सम्झौता गरी सम्झौताको विवरण र सम्बन्धीत अस्पतालका फोकल पर्सन र सम्पर्क नम्बरमा पठाउन पनि दिर्नेशन दिएको छ ।

यी हुन् मन्त्रालयका निर्णय र निर्देशनहरुः 

Hamro Doctor
Last modified on 2021-04-27 17:04:56

Kathmandu Cancer Center alka Norvic Hospital
NIdan Hospital

फेसबुकबाट तपाईको प्रतिक्रिया

vayodha Related Posts