कोरोनाविरुद्धको भेरोसेल खोप लगाउने कार्य तत्कालका लागि स्थगित

Download our app to get more features
काठमाडौं, १६ वैशाख । सरकारले कोरोनाविरुद्धको भेरोसेल खोप लगाउने कार्य तत्कालका लागि स्थगित गरेको छ ।
स्वास्थ्य सेवा विभागले भेरोसेल खोप लगाउने कार्य आजदेखि स्थगित गरेको हो ।
यसअघि सरकारले आजपनि कोरोनाविरुद्धको खोप भेरोसेल लगाउने काम काठमाडौंमा निरन्तर सञ्चालन गर्ने भनेको थियो ।
महाशाखाले बुधवार सूचना जारी गरेर खोप लगाउने कार्य केही समयको लागि स्थगित गरिएको जानकारी दिएको हो ।
सूचनामा भेरोसेल खोप लगाउने कार्य स्थगित गर्नुपर्नाको कारण भने उल्लेख गरिएको छैन ।
फेसबुकबाट तपाईको प्रतिक्रिया
Related Posts


































