कोरोना संक्रमितको उपचारका लागि प्रयोग हुने औषधिको मनपरी शुल्क लिनेलाई कारबाही गरिने



Download our app to get more features
Spark_health_home

काठमाडौं, २० वैशाख । औषधि व्यवस्था विभागले कोरोना संक्रमित बिरामीको उपचारका लागि प्रयोग हुने औषधिको मनपरी शुल्क लिनेलाई कारबाही गर्ने भएको छ ।

विभागले सूचना जारी गर्दै कोरोना महामारीको यस विषम परिस्थितिको बेलामा कोरोना संक्रमितको उपचारमा प्रयोग हुने रेम्डेसिभर लगायतका औषधिको शुल्क तोकिएको भन्दा बढीमा बिक्रि वितरण गरेको गुनासो बढेपछि त्यसो नगर्न भनेको छ ।

औषधिहरुमा कृत्रिम अभाव उत्पन्न गरी न्यूनतम मानवीय संवेदना समेत ख्याल नगरी अधिकतम् खुद्रा मूल्य भन्दा बढीमा बिक्रि वितरण भइरहेको भन्ने जनगुनासोहरु आएकाले सरकारले तोकेको भन्दा बढी मूल्यमा बिक्रि वितरण नगर्न विभागले आग्रह गरेको छ ।

विभागले तोकिएको खुद्रा मूल्याभन्दा बढीमा औषधि बिक्रि वितरण गरेको पाइएमा प्रचलित कानून अनुसार कारबाही हुने पनि बताएको छ । 

साथै विभागले यस सम्बन्धमा कोही कसैको कुनै गुनासो भए विभागका सूचना अधिकारी सन्तोष केसीलाई ९८५११८२०८७ र उषा तण्डुकारलाई ९८४१३८५६४६ मा सम्पर्क गर्नका लागि पनि भनेको छ ।

Hamro Doctor
Kathmandu Cancer Center alka Norvic Hospital
NIdan Hospital

फेसबुकबाट तपाईको प्रतिक्रिया

vayodha Related Posts