भारतीय भेरिएन्ट विश्वकै लागि चिन्ताको विषय, 'टूगेदर फर इन्डिया' अभियान शुरू गर्दै डब्लूएचओ



Download our app to get more features

बीबीसी, २८ वैशाख । विश्व स्वास्थ्य संगठनले भारतमा भेटिएको कोरोनाको नयाँ भेरिएन्टलाई लिएर चिन्ता व्यक्त गरेको छ ।

संगठनले भारतमा भेटिएको बी.१.६१७ भेरिएन्टले अन्य भेरिएन्टभन्दा बढी सङ्क्रामक रहेको र यो चिन्ताको विषय बनेको बताएको हो । 

नियमित पत्रकार सम्मेलनको क्रममा संगठनका कोभिड–१९ प्रमुख मारिया वेन केरखोवले भारतीय भेरिएन्ट निकै खतरनाक रहेको र खोप लगाएकाहरुमा पनि यसले गम्भीर असर गरिरहेको बताइन् ।

उनले यसले आगामी दिनमा विश्वलाई नै आफ्नो चपेटामा लिने भन्दै चेतावनी समेत दिइन् । 

संगठनले आधिकारिक रुपमा विश्वस्तरमा भारतीय भेरिएन्टलाई चिन्ताको विषय बनेको घोषणा गरेको पनि उनले बताइन् ।

संगठनले बी.१.६१७ भेरिएन्टको वंशाणु डिसेम्बरको अन्तिममा फेला परेको भएपनि यसको सुरुवाती रुप अक्टुबर २०२० मै फेला परेको पनि प्रष्ट पारेको छ । साथै यो भेरिएन्ट विश्वका विभिन्न मुलुकमा फैलिसकेको र विभिन्न मुलुकले भारतबाट आउने उडानलाई पनि बन्द गरिसकेको बतायो ।
 
कोरोनाको यस भेरिएन्टको विषयमा आजबाट थप जानकारी प्राप्त हुने र सार्वजनिक गरिने मारियाले बताइन् ।

त्यस्तै संगठनका प्रमुख डा. टेड्रोस एड्हनोम गेब्रेयसिसले डब्लूएचओ फाउन्डेशन ‘टूगेदर फर इन्डिया’ अभियान शुरू गर्न लागि बताए । यस अभियानबाट भारतमा अक्सिजन, औषधि, स्वास्थ्यकर्मीका लागि चाहिने आवश्यक सामग्री खरिदका लागि आर्थिक सहयोग जुटाउन सकिने उनको भनाइ छ ।

Last modified on 2021-05-11 10:44:54


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts