नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ६ हजार नाघ्यो

काठमाडौं, ७ जेठ । नेपालमा कोरोना भाइरसको संक्रमणका कारण मृत्यु हुनेको संख्या ६ हजार नाघेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घन्टामा देशभर १ सय ७७ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ६ हजार २४ पुगेको छ ।
यस्तै हाल देशभर रहेका संक्रमितमध्ये १ हजार ७ सय १६ जना आईसीयूमा भर्ना छन् भने ५ सय ११ जनाको उपचार भेन्टिलेटरमा भइरहेको छ ।
हाल देशभर सक्रिय संक्रमितको संख्या १ लाख १६ हजार १ सय ९२ रहेको छ । जसमा १ लाख ८ हजार ४ सय ९५ जना होम आइसोलेसनमा छन् भने ७ हजार ६ सय ९७ जना संस्थागत आइसोलेसनमा छन् ।
Last modified on 2021-05-21 20:55:22