कोरोना सङ्क्रमितलाई दिइने 'रेम्डेसिभिर' के हो ? कुन अवस्थामा बिरामीलाई दिइन्छ ? जानौं



Download our app to get more features
Spark_health_home Hotline number ads 2

विश्व यतिखेर कोरोना भाइरस (कोभिड–१९) महामारीले आक्रान्त छ । नेपाल लगायत विश्वका अधिकांश मुलुकमा कोरोनाको दोस्रो लहरमा सङ्क्रमण दर दिन प्रतिदिन बढ्दै गएको छ ।
                              
कोभिड–१९ को पहिलो चरणको महामारी साम्य बनेको केहि समयम हामी दोस्रो चरणको लहरबाट फेरि पनि  प्रभावित  भएका छौं । अहिलेको कोभिड–१९ सङ्क्रमित बिरामीको  अवस्था पहिलो चरणको लहरभन्दा अलि फरक र जटिल खालको देखिएको छ । पहिलो चरणको लहरमा धेरै जस्तोलाई समान्य लक्षण देखिएका कारणले धेरैजसो बिरामीहरु होम आइसोलेसन मै बसेर कोरोनामुक्त भएका थिए । केही बिरामीलाई मात्रै अस्पतालमा भर्ना गरि उपचार गर्नुपर्ने देखिएको थियो । तर, अहिलेको लहरमा धेरैजसो कोरोना सङ्क्रमितलाई केही दिनमै जटिल खालको लक्षण (शरीरमा अक्सिजनको कति, फोक्सोमा निमोनिया) देखिएकाले अस्पताल मै भर्ना गरि उपचार गर्नुपर्ने देखिन्छ । अवस्था जटिल भएकाले उपचारमा अक्सिजन, हेपारिन, स्टेरोइडसँगै रेम्डेसिभिर पनि चलाइएको छ । 

कोरोनाको उपचारमा प्रभावकारी मानिएको रेम्डेसिभिर के हो ?
रेम्डेसिभिर धेरै किसिमको भाइरसको विरुद्ध काम गर्नसक्ने एउटा (Broad spectrum antiviral) एन्टीभाइरल इन्जेक्शन हो । यो इन्जेक्शन एन्टीभाइरल, इन्फ्लुएन्जा, जनै खटिरा जस्ता भाइरस हुँदा त्यसको लक्षण आएको ७२ घण्टा भित्र प्रयोग गर्दा प्रभावकारी देखिएको मानिएको छ । यस्तै यसको प्रभावकारीको परिक्षण हेर्दा अफ्रिकामा इबोला भाइरसको  महामारी देखिँदा यो इन्जेक्शन परीक्षणको रुपमा प्रयोग गरिएको थियो । जसमा इन्जेक्शनले राम्रो नतिजा दिएको मानिएको छ ।  

यसैगरी सन् २०१९ मा आएको कोभिड–१९ को महामारीमा पनि कोभिडको उपचारका लागि कुनै खास औषधि र उपचार विधि नहुँदा अन्य औषधिसँगै यसको पनि प्रभावकारीताबारे परीक्षण गरिएको थियो । अस्पताल भर्ना भइ उपचार गराई रहेका अलि जटिल लक्षण भएको बिरामीहरुमा रेम्डेसिभिर चलाइयो । जसमा बिरामीहरुको जटिलतालाई घटाइ निको पार्न मद्दत गरेकाले EUA (Emergency Use Authorization) US को FDA ले १ मे २०२० मा कोभिड–१९ को उपचारमा ईमर्जेन्सी प्रयोगका लागि अनुमति दिएको थियो । 

रेम्डेसिभिरले कोभिड–१९ मा कसरी काम गर्छ ?
रेम्डेसिभिर कोभिड उपचार को लागि रामवाण त हैन तर कोभिड–१९ को उपचारको लागि आहिलेसम्म कुनै औषधि प्रमाणित भइ सिफारिस नभएकोले यो इन्जेक्शनको प्रयोग गर्ने गरिएको छ । यो इन्जेक्शनले बिरामीको शरीरमा भएको कोभिड भाइरसको (RNA dependent polymerase) इन्जाइमलाई रोकि भाइरसको सङ्ख्या वृद्धिदर (replication) लाई बन्द गर्ने काम गर्छ, जसको कारणले शरीरमा भाइरसको लोड कम हुन गइ बिरामीलाई निको हुन मद्दत पुग्दछ । साथै बिरामीहरुको जटिलतालाई पनि कमगराई मृत्युदर पनि कम गरेकोले अध्ययनहरु देखाउँछ । 

कस्तो बिरामीलाई यो इन्जेक्शन लगाइन्छ ?
कोभिड सङ्क्रमित सबै बिरामीलाई यो इन्जेक्शन लगाइँदैन । खास गरि अस्पतालमा भर्ना भइ उपचार गराइरहेका मध्य रोग प्रतिरोधात्मक शक्ति कम भइ निको हुन समय लाग्ने बिरामीहरु, जटिल खालको लक्षण देखिएको (गर्भवती र मिर्गौलाको दिर्घरोगी बाहेक) १२ वर्ष भन्दा माथीका बिरामीहरुलाई अरु औषधि (अक्सिजन, हेपारिन, स्टेरोइड) सँगै रेम्डेसिभिर पनि चलाउने गरिन्छ ।

यसको मात्रा र उपचार अवधि कति हुन्छ ? 
अलि मध्यम खालको लक्षण भएका बिरामीहरुलाई सुरुमा लोडिङ डोज (200 mg  IV) बाट ३० देखि १ सय २० मिनेटसम्म दिइन्छ । त्यसपछि (Maintenance dose 100 mg) दोस्रो दिनदेखि ५ दिनसम्म दिनको एक पटक दिइन्छ । यस्तै भेन्टिलेटरमा राखी उपचार भइरहेका जटिल खालको लक्षण भएका बिरामी छ भने यो इन्जेक्शन १० दिनसम्म चलाइने गरिएको पाइन्छ ।

नेपालमा यसको मूल्य कति पर्छ र यसको उपलब्धता कत्ति छ ?
नेपालमा खुला रुपले बिक्रीवितरणमा प्रतिबन्ध रहेको रेम्डेसिभिर अहिले सिमित परिमाणमा सरकारले भारत र बाङ्लादेशबाट मात्रै आयात गरिरहेको छ । जसको मूल्य सरकारले प्रति भायल ४ हजार ९ सय निर्धारण गरेको छ । अहिले धेरै जस्तो बिरामीलाई जटिल लक्षणदेखिए अस्पतालमै भर्ना गरि उपचार गर्नुपर्ने देखिएकाले यो इन्जेक्शन चलाइएको हो । 

सरकारले सिमित मात्रामा मात्रै यसको आयात गराएको छ । बजारमा अहिले धेरै नै माग भएकाले केही व्यक्तिहरुले भारतबाट अवैध रूपमा ल्याइ बिरामीहरुको आफन्तलाई प्रति भायल २० देखि ६० हजारसम्म पनि बेच्ने गरेको पाईएको छ । र कतिपयले यो औषधिको अनावश्यक रुपमा खरिद गरी राखेकाले बजारमा कृत्रिम अभावको सिर्जना भइ यो विषम परिस्थितिमा बिरामीहरुको आफन्तले यो औषधि पाउनको लागि धेरै नै दुःख पाएको देखिएको छ ।  

यस विषम परिस्थितिमा रेम्डेसिभिर इन्जेक्शनको अबैध रूपमा कोहि पनि खरिद बिक्रिमा नगर्न अनुरोध गर्दछु । र केही दिनयता सरकारले यो इन्जेक्शनको आयात बढाएर कोभिडको उपचार गर्ने अस्पतालहरुलाई बिक्रि वितरण गरिरहेकाले यो औषधिको पछि नलाग्न पनि अनुरोध गर्द्छु । साथै यस महामारीबाट बच्न लागि जनस्वास्थ्यको मापदण्ड (मास्क, भौतिक दूरी र सेनिटाइजरको प्रयोग) पालना गर्दै आफू पनि बचौं अरुलाई पनि बचाउनको लागि सबैमा हार्दिक अनुरोध गर्दछु । धन्यवाद !!

(लेखक यादव भरतपुर अस्पताल चितवनमा कार्यरत छन्)

Hamro Doctor
Last modified on 2021-05-15 08:00:55

  1. जय पाठक (जेपी)

    स्वास्थ्यकर्मीसमेत रहेका पाठक हाम्रो डक्टर न्यूजका चितवन ब्यूरो प्रमुख हुन् ।

    View Other Stories by Author >>
Kathmandu Cancer Center alka Norvic Hospital
NIdan Hospital

फेसबुकबाट तपाईको प्रतिक्रिया

vayodha Related Posts