भेरी अस्पतालका डाक्टर र नर्समाथि भएको घटनाको एनएमएद्वारा विरोध



Download our app to get more features
Spark_health_home Hotline number ads 2

काठमाडौं, १४ जेठ । नेपाल चिकित्सक संघले भेरी अस्पतालमा डाक्टर  र नर्समाथि भएको घटनाको छानबीन गरि कारबाहीको माग गरेको छ ।

संघले विज्ञप्ति जारी गर्दै कोरोना महामारीविरुद्धको लडाईंमा निरन्तर खटिरहेका डाक्टर र नर्समाथि कुटपिट गर्नेलाई यथाशिघ्र कारबाहीको दायरामा ल्याउन माग गरेको हो ।

महामारिमा आफ्नो ज्यान जोखिममा राखेर बिरामीहरुको सेवामा खटिएका चिकित्सक एवं स्वास्थ्यकर्मीहरुलाई दुर्व्यवहार, कूटपिट जस्ता अवान्छित क्रियाकलापले गर्दा असुरक्षित वातावरणमा काम गर्न सक्ने अवस्था नरहेकोले सरकारले सुरक्षाको प्रत्याभुति गर्नुपर्ने माग सेमत गरिएको छ ।
 
विराटनगरस्थित विराट मेडिकल कलेजमा स्वास्थ्यकर्मीमाथि भएको हातपातको घटनाको एक हप्ता पनि नबित्दै भेरी अस्पतालमा विहिबार साँझ ८ बजे भएको घटनाले काम गर्न सक्ने अवस्था नरहेको पनि संघले बताएको छ । 

नेपाल सरकारले २०७६/१२/२२ को मन्त्रिपरिषदनिर्णय अनुसारकोभिड रोकथाम नियन्त्रण र उपचारको कार्यमा बाधा विरोध गर्ने व्यक्तिहरुलाई ड्युटिमा खटिएका सुरक्षाकर्मीहरुको कार्यसम्पादनमा बाधाविरोध गर्नेलाई प्रचलित कानून बमोजीमको कारवाही गर्ने निर्णय गरेकोमा सो निर्णयलाई र यस्ता आपराधिक गतिविधिमा संलग्न भएकालाई ल्यल द्यबष्बिदभि इााभलकभ को रुपमा लिई कारवाही गर्न अध्यादेशमार्फत यथाशिघ्र कानुन बनाइ कारवाही गर्ने वातावरण बनाउन पनि संघले विज्ञप्तिमार्फत् माग गरेको छ ।

संघले भेरी अस्पतालमा भएको घटनाको दिनलाई कालोदिनको रुपमा घोषणा गरेर अग्रपंक्तिमा खटेका चिकित्सक तथा स्वस्थ्यकर्मीहरुलई आज कालो पट्टि बाँधेर काम गर्न भनेको छ ।

Hamro Doctor
Kathmandu Cancer Center alka Norvic Hospital
NIdan Hospital

फेसबुकबाट तपाईको प्रतिक्रिया

vayodha Related Posts