गत २४ घन्टामा देशभर ६८ जनाको कोरोनाका कारण मृत्यु, १४ सयभन्दा बढी आईसीयूमा भर्ना



Download our app to get more features
Spark_health_home Hotline number ads 2

काठमाडौं, २२ जेठ । नेपालमा थप ६८  जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घन्टामा देशभर ६८ जनाको कोरोनाका कारण मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ७ हजार ७ सय ९९ पुगेको छ । यो दर कुल संक्रमितको तुलनामा १ दशमलव ६ प्रतिशत हो ।

यस्तै हाल नेपालभर ९२ हजार  ९ सय २८ सक्रिय संक्रमित रहेका छन् । जसमा ८६ हजार २ सय ६८ जना होम आइसोलेसनमा छन् भने ६ हजार ६ सय ६० जना संस्थागत आइसोलेसनमा छन् ।

हाल देशभर रहेका संक्रमितमध्ये १ हजार ४ सय ५१ जना आईसीयूमा उपचाररत छन् भने ३ सय ८४ जना भेन्टिलेटरमा भर्ना छन् ।

Hamro Doctor
Kathmandu Cancer Center alka Norvic Hospital
NIdan Hospital

फेसबुकबाट तपाईको प्रतिक्रिया

vayodha Related Posts