प्रत्येक सयजना मध्ये ५० जनामा मात्रै लक्षण देखिने मधुमेहबारे यसो भन्छन् डा.कार्की (भिडियोसहित)



Download our app to get more features

मधुमेह वर्तमान अवस्थामा सबैले बुझेको र सुनेको रोग हो । अहिले हरेक नेपालीको घरमा कोही न कोही यस रोगबाट पीडित छन् । समान्य भाषामा शरीरको रगतमा चिनीको मात्रा बढी हुनुलाई मधुमेह भनिन्छ । विशेषगरी मधुमेह अव्यवस्थित खानपान र जीवनशैलीका कारण हुनेगर्छ ।

आलस्यता, मोटोपना, कार्बोहाइड्रेयुक्त खाना बढी खानाले, जंकफुड बढी प्रयोग गर्नाले मधुमेह हुन्छ । सँगै वंशाणुगत कारणले पनि मधुमेह लाग्नसक्छ ।

यसैगरी, महिलामा गर्भवति भएको अवस्था एक किसिमको मधुमेह हुन्छ । मधुमेह दीर्घरोग हो,  औषधिको प्रयोग गरेर यसलाई नियन्त्रण राख्न सकिन्छ ।

मधुमेह भएमा सामान्यतया मुख सुख्खा हुने, तिर्खा लाग्ने, पिसाब पटक–पटक लागिरहने, अकस्मात तौल घट्ने, शरीरमा आएका घाउ, खटिरा चाडै निको नहुने, हाटखुट्टा झमझमाइ रहनेलगायत लक्षण देखापर्छन् ।

प्रत्येक सय जनामा मधुमेहका ५० रोगीमा मात्रै लक्षण देखा पर्ने हुन्छ भने ५० जनामा लक्षण देखा नपर्न सक्छ । त्यसकारण मधुमेह छ छैन भनेर नियमित जाँच गराउनुपर्छ ।

हेरौं भिडियोमा मधुमेहबारे थप जानकारीः

Last modified on 2021-05-22 06:54:52


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts