मिर्गौलाका बिरामीलाई कोरोनाको समय पनि डायलासिस गर्दा ज्यानको जोखिम कम



Download our app to get more features

कोरोना महामारीको दोस्रो लहरका कारण सबै क्षेत्र प्रभावित बनेको बेला दीर्घरोगीहरु पनि त्यसबाट अछुतो छैनन् । कोरोना संक्रमणका कारण पहिलो चरणको लहरमा पनि दीर्घरोगी प्रभावित बनेका थिए । पुनः मुलुकमा कोरोनाको बढ्दो कहरका कारण दीर्घरोगीहरु प्रभावित हुन थालेका छन् । त्यसकारण उनीहरुको स्वास्थ्यको विशेष ख्याल गर्नु आवश्यक छ ।

क्यान्सरका बिरामी जो किमो थेरापीमा थिए, मिर्गौलाका बिरामी जो डायलासिसमा थिए, गम्भीर रोगका बिरामी जो नियमित चिकित्सकसँगको फलोअपमा थिए उनीहरुलाई यो समय बढी प्रभाव पारेको छ ।

कोभिडको महामारीकाबीच विशेष गरी मिर्गौलाका बिरामी र डायलाइसिस गराउनुपर्ने बिरामी र परिवारको सदस्यले अकल्पनीय समस्या भोग्नु परेको हुनसक्छ । अहिलेको अवस्थामा आफ्नो अस्पतालमा डायलासिस गराइरहेका बिरामी कोभिडबाट संक्रमित भए भन्दैमा “पोजिटिभ हुन्जेल डायलाइसिस गर्दैनौँ“ भनेर फिर्ता पठाइएका खबरहरु आउने गरेको छ । यसरी डायलासिस नगराई फिर्ता पठाउनु जस्तो अवैज्ञानिक र अमानवीय कदम अरु केही हुनै सक्दैन । उपचार गर्ने डाक्टर र स्वास्थ्यकर्मीले कोभिडले भन्दा पहिले बिरामीको मृत्यु डायलासिस नपाएको कारणले हुन सक्छ भन्ने तथ्यलाई बुझ्नुपर्ने हुन्छ । 

नियमित डायलासिसमा रहेका मिर्गौलाका बिरामीलो समयमै डायलासिस पाएनन् भने उनीहरुको मृत्यु हुने निश्चित हुन्छ । त्यसकारण कोरोना संक्रमण देखिएपनि डायलासिसमा रहेका बिरामीलाई फिर्ता पठाउने वा अस्पताल नआउन भन्नुभन्दा उनीहरुको डायलासिस सेवालाई निरन्तरता दिनुपर्छ ।

चितवन मेडिकल कलेजमा भएका ८ वटा मध्ये ४ वटा मेशिन बिग्रेर हाल ४ वटा मेशिनबाट मात्र डायलाइसिस गराउन बाध्य छौँ र पनि दिनको ४ सिफ्ट चलाएर भए पनि कोभिड भएका वा नभएका तर भर्ना भएका र डायलासिस गर्नुपर्ने एकजना पनि बिरामीलाई फिर्ता पठाएका छैनौ । तर, ओपिडी वेशिशमा डायलासिस मात्रै गराउने हेतुले आउने सेवाग्राहीलाई सेवा दिन नसक्नु हाम्रो विवशता हो ।

आफ्नो ज्यान जोखिममा राखेर भए पनि निरन्तर सेवामा खटिइरहनुभएका समस्त स्वास्थ्यकर्मीहरु र मूलतः डायलाइसिस नर्सहरुप्रति विशेष सम्मान । सेवा हि परमो धर्मः ।

(डा. सेढाई चितवन मेडिकल कलेजका प्राध्यापक हुन्)

Last modified on 2021-05-16 08:26:59

  1. जय पाठक (जेपी)

    स्वास्थ्यकर्मीसमेत रहेका पाठक हाम्रो डक्टर न्यूजका चितवन ब्यूरो प्रमुख हुन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts