मिर्गाैलाका बिरामीलाई कोरोनाको समय पनि डायलासिस गर्दा ज्यानको जोखिम कम



Download our app to get more features
Spark_health_home Hotline number ads 2

कोरोना महामारीको दोस्रो लहरका कारण सबै क्षेत्र प्रभावित बनेको बेला दीर्घरोगीहरु पनि त्यसबाट अछुतो छैनन् । कोरोना संक्रमणका कारण पहिलो चरणको लहरमा पनि दीर्घरोगी प्रभावित बनेका थिए । पुनः मुलुकमा कोरोनाको बढ्दो कहरका कारण दीर्घरोगीहरु प्रभावित हुन थालेका छन् । त्यसकारण उनीहरुको स्वास्थ्यको विशेष ख्याल गर्नु आवश्यक छ ।

क्यान्सरका बिरामी जो किमो थेरापीमा थिए, मिर्गौलाका बिरामी जो डायलासिसमा थिए, गम्भीर रोगका बिरामी जो नियमित चिकित्सकसँगको फलोअपमा थिए उनीहरुलाई यो समय बढी प्रभाव पारेको छ ।

कोभिडको महामारीकाबीच विशेष गरी मिर्गौलाका बिरामी र डायलाइसिस गराउनुपर्ने बिरामी र परिवारको सदस्यले अकल्पनीय समस्या भोग्नु परेको हुनसक्छ । अहिलेको अवस्थामा आफ्नो अस्पतालमा डायलासिस गराइरहेका बिरामी कोभिडबाट संक्रमित भए भन्दैमा “पोजिटिभ हुन्जेल डायलाइसिस गर्दैनौँ“ भनेर फिर्ता पठाइएका खबरहरु आउने गरेको छ । यसरी डायलासिस नगराई फिर्ता पठाउनु जस्तो अवैज्ञानिक र अमानवीय कदम अरु केही हुनै सक्दैन । उपचार गर्ने डाक्टर र स्वास्थ्यकर्मीले कोभिडले भन्दा पहिले बिरामीको मृत्यु डायलासिस नपाएको कारणले हुन सक्छ भन्ने तथ्यलाई बुझ्नुपर्ने हुन्छ । 

नियमित डायलासिसमा रहेका मिर्गौलाका बिरामीलो समयमै डायलासिस पाएनन् भने उनीहरुको मृत्यु हुने निश्चित हुन्छ । त्यसकारण कोरोना संक्रमण देखिएपनि डायलासिसमा रहेका बिरामीलाई फिर्ता पठाउने वा अस्पताल नआउन भन्नुभन्दा उनीहरुको डायलासिस सेवालाई निरन्तरता दिनुपर्छ ।

चितवन मेडिकल कलेजमा भएका ८ वटा मध्ये ४ वटा मेशिन बिग्रेर हाल ४ वटा मेशिनबाट मात्र डायलाइसिस गराउन बाध्य छौँ र पनि दिनको ४ सिफ्ट चलाएर भए पनि कोभिड भएका वा नभएका तर भर्ना भएका र डायलासिस गर्नुपर्ने एकजना पनि बिरामीलाई फिर्ता पठाएका छैनौ । तर, ओपिडी वेशिशमा डायलासिस मात्रै गराउने हेतुले आउने सेवाग्राहीलाई सेवा दिन नसक्नु हाम्रो विवशता हो ।

आफ्नो ज्यान जोखिममा राखेर भए पनि निरन्तर सेवामा खटिइरहनुभएका समस्त स्वास्थ्यकर्मीहरु र मूलतः डायलाइसिस नर्सहरुप्रति विशेष सम्मान । सेवा हि परमो धर्मः ।

 

(डा. सेढाई चितवन मेडिकल कलेजका प्राध्यापक हुन्)

Hamro Doctor
Last modified on 2021-05-15 15:53:53

Kathmandu Cancer Center alka Norvic Hospital
NIdan Hospital

फेसबुकबाट तपाईको प्रतिक्रिया

vayodha Related Posts