स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी अध्यादेशको एनमएद्वारा स्वागत



Download our app to get more features
Spark_health_home Hotline number ads 2

काठमाडौं, २४ जेठ । नेपाल चिकित्सक संघले स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी (पहिलो संशोधन) अध्यादेशको स्वागत गरेको छ ।

राष्ट्रपति विद्यादेवी भणडरीले आइतवार स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी (पहिलो संशोधन) अध्यादेश, २०७८ गरेपछि संघले त्यसको स्वागत गरेको हो ।

संघले अध्यादेशलाई आफूहरुको लामो समयदेखिको आन्दोलनको महत्त्वपूर्ण उपलब्धिका रुपमा लिँदै यसको कार्यान्वयन र यसमा रहेका कमिकमजोरीलाई परिमार्जन गर्दै संसदबाट मूल ऐन बनाउने अभियानमा सबैको सहयोगको अपेक्षा गरिएको विज्ञप्तिमार्फत् बताएको छ ।

संघले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘हाम्रो आन्दोलनको मागलाई मध्यनजर गर्दै हामीले अल्टिमेटम दिएको सातौं दिनमा सम्माननीय राष्ट्रपतिद्वारा जारी गरिएको स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी (पहिलो संशोधन) अध्यादेश, २०७८ संघ स्वागत गर्दछ ।’ 

संघका महासचिव डा. बद्री रिजालले अध्यादेशमा महत्त्वपूर्ण विषय समावेश भए पनि स्वास्थ्यकर्मीको पूर्ण सुरक्षाको प्रत्याभूत गर्न थुप्रै विषय परिमार्जनको आवश्यकता रहेको बताएका छन् । 

उनले अध्यादेशलाई मूल ऐन बनाउने र यसको कार्यान्वयनमा संघले जोड दिने पनि बताए ।

Hamro Doctor
Last modified on 2021-06-07 08:35:34

Kathmandu Cancer Center alka Norvic Hospital
NIdan Hospital

फेसबुकबाट तपाईको प्रतिक्रिया

vayodha Related Posts