गर्मीमा अनुहारलाई चम्किलो बनाउन यी उपाय अपनाउनुहोस्



Download our app to get more features

गर्मी बढेसँगै तपाईंलाई अनेक किसिमका चिन्ताले सताउन थाल्छ । विशेषगरी अनुहार सँग सम्बन्धित समस्याले बढी सताउँछ । किनकी गर्मीयाम सुरु भएसँगै छालासँग सम्बन्धित अनेक समस्याहरु तपाईंको छालामा देखिन थाल्छ । छाला चिल्लो हुने, विमिरा आउने, डन्डिफोर हुने, चाया हुने जस्ता समस्या गर्मी मौसममा देखिने गर्छ ।

गर्मी मौसममा अनुहारको चम्किलो पन बनाइ राख्न र छालालाई मुलायम बनाइ राख्नका लागि छालालाई पोषणको आवश्यक्ता बढी हुन्छ । घरमै बनाइएको काक्रोको फेश प्याक, गोलभेँडाको रस, बेसार, बेसन, दही र कागतीको रसले बनाइएको फेस प्याक तपाईँको छालाको लागि सबैभन्दा उत्तम हुन्छ । यसले तपाईँको छालामा निखार आउनुका साथै चम्किलो पनि बनाइ राख्नमा मद्दत गर्छ । 

नियमित रुपले अनुहारको हेरचाह सँग सम्बन्धीत केही फेश प्याकहरु जुन सजिलै घरमा बनाउन सकिन्छ ती घरेलू प्याकको साथै अनुहारको सफाई, टोनिंग र मोइश्चराइजिंग पनि हुन्छ ।

खरबुजा, काक्रो, स्ट्रोबेरी, घ्यूकुमारी र आलूको प्रयोगले घर बसेरै फेशियल गर्न सकिन्छ । यि सबै सामानलको प्रयोगले तपाईँको अनुहारमा ताजगीको अनुभव हुनुका साथै छालालाई  स्वस्थ राख्ने काम गर्छ । यसले गर्मीको मौसममा छालालाई शितलता प्रदान पनि गर्छ ।

गोलभेँडा फेश प्याक
गोलभेँडाको रस छालामा भएको सनवर्नलाई हटाउनमा धेरै नै मद्दत गर्छ । यसले छालालाई कोमल, चम्किलो बनाउनुका साथै रंग पनि सफा गर्छ । गोलभेँडालाई कपालमा पनि प्रयोग गर्न सकिन्छ । यसले कपालमा चमक ल्याउनुका साथै घामबाट पनि सुरक्षा प्रदान गर्छ ।

छालालाई हानिकारक पराबैगनी किरणबाट जोगाइ राख्नका लागि गर्मीको समयमा विशेष ध्यान दिनुपर्छ । किन की चर्को घामले गर्दा सन वर्न, दाग बस्ने जस्ता समस्या हुन सक्छ । 

कागती फेश प्याक
एउटा कागतीलाई दुई टुक्रा बनाएर काट्ने । आधा टुक्रालाई अनुहारमा गोलकार रुपले घुमाउँदै मल्ने । कम्तिमा पाँच मिनेट सम्म यो अभ्यास गर्नुपर्छ, त्यसपछि चिसो पानीले अनुहार धुने । कागतीको रस भिटामिन सी ले भरपूर हुन्छ । जसले छालाको कालो रंगलाई गोरो बनाउँछ । साथै दही र बेसारको पेस्ट पनि प्रयोग गर्न सकिन्छ ।

काक्रोको ओभरनाइट फेश प्याक
काक्रोको ओभरनाइट (रातभरि) फेस प्याक बनाउनका लागि सबैभन्दा पहिले मिक्सरमा काक्रोको रस निकाल्ने । त्यसपछि काक्रोको रसमा गुलाब जल र ग्लिसिरीन समान मात्रामा मिसाउने । पेस्टलाई धेरै पतलाो नबनाई बाक्लो नै रहन दिने । अब उक्त पेस्टलाईँ राति सुत्नु भन्दा पहिले अनुहारमा लगाउने र रातभरि रहन दिने । बिहान उठेर सफा पानीले अनुहार धुने र हातले थपथपाएर सुकाउने । केही दिन मै तपाईँले आफ्नो अनुहारको रंगमा धेरै नै परिवर्तन भएको अनुभव गर्न सक्नु हुने छ ।

घ्यूकुमारी, काक्रो र चन्दनले बनेको फेस प्याक प्रयोग गर्नाले छालमा भएको कालोपना हटाई चम्किलो बनाउँछ ।

 

(सौन्दर्यविज्ञ सरिता शर्मासँगको कुराकानीमा आधारित)

Last modified on 2021-06-07 11:14:03


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts