प्रदेश नम्बर २ को नीति तथा कार्यक्रम सार्वजनिकः प्रदेशलाई कुपोषणमुक्त बनाउन अभियान चलाइने



Download our app to get more features

जनकपुर, २७ जेठ । प्रदेश २ सरकारले कोरोना महामारीले परेको प्रभावलाई ध्यानमा राखी नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।

प्रदेश प्रमुख डा.राजेश झाले बिहीवार आगामी आर्थिक वर्ष २०७८/७९ का लागि नीति तथा कार्यक्रम संसदमा प्रस्तुत गरेका हुन् ।

सार्वजनिक गरिएको नीति तथा कार्यक्रममा कोरोना महामारीको जोखिम कम गर्न जनकपुरस्थित मणिपाल अस्पताको निर्माणधीन अस्पताललाई कोभिड अस्पताल बनाउने कार्यक्रम रहेको छ । 

यस्तै अस्पतालहरुमा स्वास्थ्यकर्मीहरुको दरबन्दी थप्ने, कोभिड महामारी नियन्त्रण गर्न संरचना निर्माण गरी कोरोनाको मात्रै अस्पताल छुट्याउने नीति पनि सरकारले ल्याएको छ ।

यस्तै कोभिड आपतकालीन सेन्टर स्थापना गर्ने र भारतसँगको नियमित आवतजावत हुने भएकोले सीमा नाकाहरुमा हेल्थ डेक्सहरु स्थापना गरी नियमित स्वास्थ्य जाँच गर्ने र स्वास्थ्य कर्मचारीलाई स्वास्थ्य विमा गर्ने नीति लिएको छ । 

यस्तै प्रदेश गौरवको योजनाको रुपमा मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आगामी आर्थिक वर्षमा पठनपाठन सुरु गरी प्रादेशिक अस्पताललाई ५ सय बेड क्षमतामा विस्तार गर्ने योजना सरकारले लिएको छ । 

प्रदेशलाई कुपोषणमुक्त बनाउन अभियान सञ्चालन गरिने र प्रदेश स्वास्थ्य नीति ल्याएर प्रदेशको स्वास्थ्य अवस्थामा सुधार ल्याइने नीति लिएको छ ।

Last modified on 2021-06-11 10:15:02


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts