ॐ हस्पिटलद्वारा बेसिक कार्डियाक लाइफ सपोर्ट कार्यशाला सम्पन्न



Download our app to get more features

काठमाडौं, २७ जेठ । ॐ हस्पिटल एण्ड रिसर्च सेन्टरले असपतालमा नवनियुक्त मेडिकल स्टाफहरुकालागि बेसिक कार्डियाक लाइफ सपोर्ट (बिएलएस) कार्यशाला सञ्चालन गरेको छ ।

अस्पतालको मानव संसाधन विभाग तथा नर्सिङ विभागको नियमित कार्यक्रम सिएनई अन्तर्गत सञ्चालन गरिएको बिएलएस कार्यक्रममा बेसिक लाइफ सपोर्टसँगै क्रिटिकल केयर नर्सिङ प्रोसिड्युअर न्यूरोलोजिकल एसेसमेन्ट तथा इन्फेक्सन प्रिभेन्सन एन्ड कन्ट्रोल लगायतका विषयमा पनि प्रशिक्षण दिइएको थियो ।

हस्पिटल सञ्चालक समितिका अध्यक्ष डा. आनन्द प्रसाद श्रेष्ठले नव नियुक्त मेडिकल स्टाफ तथा नर्सिङ स्टाफहरुलाई अस्पताल परिवारमा स्वागत गर्दै हातमा हात जोडेर कोभिड १९ को महामारीको समाना गर्न एक भएर लाग्न आग्रह गरे । 

उनले कार्यशालामा सहभागि सबैलाई शुभकामना दिँदै अस्पतालले आफ्ना मेडिकल स्टाफहरुका लागि मेडिकल तथा क्लिनिकल ज्ञान र सीप अभिबृद्धिमा कुनै कसर बाँकी नराख्ने प्रतिवद्धता व्यक्त गरे ।

यस्तै हस्पिटलका मेडिकल डाइरेक्टर डा.हरिश जोशीले कोभिड १९ को विश्वब्यापि महामारी र अस्पतालमा बढ्दो बिरामीको चापलाई स्तरिय उपचार सेवाको निरन्तरताका लागि ॐ हस्पिटलले यस किसिमका तालिम तथा कार्यशालाहरु सञ्चालन गरी मेडिकल स्टाफहरुको उपचार तथा नर्सीङ सीप अभिबृद्धिसँगै उनिहरुको आत्मविस्वास पनि बढाउने गरेको बताए ।

हस्पिटलका प्रमुख कार्यकारी अधिकृत यम बहादुर महतले बिएलएस तालिमका सहभागीहरुलाई सम्बोधन गर्दै आफुले सिकेका सीप तथा ज्ञानलाई पूर्णरुपमा यपयोग गरी स्तरिय उपचारसेवा प्रदान गर्नसके यस किसिमका तालिमहरुले सार्थकता पाउने विश्वास व्यक्त गरे ।

यस्तै हस्पिटलका इमर्जेन्सि विभागका प्रमुख आकस्मिक उपचार बिशेषज्ञ डा. लक्षमण भुषाल (डिएम,इमर्जेन्सि मेडिसिन) मुख्य प्रशिक्षक रहनुभएको तालिममा नर्सिङ डाइरेक्टर उमा श्रेष्ठ, सघन उपचार विभागककी नर्सिङ इन्चार्ज सविना ढकाल, सघन उपचार विभागमा कार्यरत सिनियर नर्सिङ स्टाफहरु अमृता राना मगर र मन्दिरा थापाले प्रशिक्षण दिएका थिए ।

हस्पिटलले समसमयिक मेडिकल अपडेट तथा क्लिनिकल स्किल इन्ह्यान्समेन्ट प्रोग्राम अन्तर्गत नियमित रुपमा यस कसिसमका सिएमई तथा सिएनईहरु सञ्चालन गर्दै आइरहेको छ ।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts