विश्व रक्तदाता दिवसको अवसरमा रक्तदातालाई रेडक्रसको धन्यवाद

रक्तदान गरेर जीवन जोगाउन रक्तदातादाई अपिल



Download our app to get more features
Spark_health_home Hotline number ads 2

काठमाडौं, ३१ जेठ । नेपाल रेडक्रस सोसाइटीले रक्तदातालाई धन्यवाद दिएर विश्व रक्तदाता दिवस मनाउँदैछ ।
 
हरेक वर्ष जुन १४ तारिखमा मनाइने विश्व रक्तदाता दिवसको अवसरमा विभिन्न चेतनामूलक कार्यक्रम आयोजना गरेर सोसाइटीले धन्यवाद दिएको हो । 

नेपाल रेडक्रस सोसाइटी, केन्द्रीय रक्तसञ्चार सेवाले रक्तदान गरौँ र संसारलाई चलायमान बनाऔँ नारालाई सार्थक बनाउन तीन हजारभन्दा बढी रक्तदाताहरुलाई धन्यवाद मोबाइलमा सन्देश पठाएको छ ।

दिवसको पूर्वसन्ध्यामा आइतबार आयोजित अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल रेडक्रस सोसाइटीका अध्यक्ष डा. नेत्र तिम्सिनाले कोभिडको महामारीमा सबै भन्दा बढी प्रभावित मुलुक नेपालका रक्तदाताहरुले अर्काको जीवन जोगाउन रक्तदान गरिरहेकोमा  सम्मान व्यक्त गरे ।

यस्तै राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाकी निर्देशक डा. रुणा झाले रगतको समुचित प्रयोग हुनुपर्ने कुरामा एनपीएचएल सचेत रहेको बताइन् । 

नेपाल रेडक्रस सोसाइटीका उपमहामन्त्री दीपेन्द्र ढकाल, कार्यकारी निर्देशक उमेश ढकाल र रक्तसञ्चार सेवाका निर्देशक दिव्यराज पौडेल, एनपीएचएलका सिनियर प्याथोलोजिष्ट डा. रेखा मानन्धरले दिवसकै अवसरमा आम रक्तदाताहरुलाई धन्यवाद दिए ।

रक्तदाता दिवसकै अवसरमा रक्तदाताहरु र रक्तदाता सँघसँस्थाहरुसँग छलफल कार्यक्रम आयोजना पनि गरिएको छ । 

व्लोदानका अध्यक्ष सानुबाबु प्रजापतिले स्वैच्छिक, अवैतनिक रक्तदाता बढाउन र रेडक्रसको रक्तसञ्चार सेवालाई सहयोग गर्न सँस्था प्रतिवद्ध रहेको बताए । 

१ सय ५२ औं पटक रक्तदान गरेकी नीता घिरइया ३५ वर्षदेखि विभिन्न महादेशमा गई रक्तदान गरीन्, रक्तदान गर्दै आएको अभियन्ता अर्जुन मैनालीले रक्तदाता उत्प्रेरणा बढाउनुपर्ने, रक्तदानको महत्व माध्यामिक विद्यालयको  पाठ्यपुस्तकमा समेटिनुपर्ने, आम यूवा समक्ष रक्तदान शिक्षा लिएर पुग्नुपर्ने तथा तथ्याँकहरुको व्यवस्थापन गर्नुपर्ने सुझाव दिए ।

यस्तै आज विभिन्न जिल्लामा पनि रक्तदान कार्यक्रमको आयोजना गरिने पनि रेडक्रसले बताएको छ ।
 
देश भरी नै दिवसको अवसरमा रक्तदान कार्यक्रम राखिएको केन्द्रीय रक्तसञ्चार सेवाका निर्देशक दिव्यराज पौडेलले जानकारी दिए । 

नेपालमा २ लाखको हाराहारीमा  नियमित रक्तदाता रहेको, महिला रक्तदाता १७ प्रतिशत मात्रै भएकोले शुलभ रगत हुनको लागि यूवा रक्तदाता र महिला रक्तदाताहरु बढाउन आवश्यकता रहेको पौडेलले बताए ।

शुलभ, गुणस्तरीय र मर्यादित सेवाको अवधारणा बमोजिम नेपालको रक्तसञ्चार सेवा अघि बढिरहेको जानकारी गराउँदै निर्देशक पौडेलले संघ, प्रदेश र पालिका सरकारहरुले सहयोग गर्दै गएकोमा खुशी व्यक्त गर्दै आम सर्वसाधारणलाई रगत जस्तो आधारभूत स्वास्थ्य सेवामा सहुलियत बनाउन रक्तदाता, रक्तदान गर्ने संघसंँस्था र सरकारको थप सहयोगको अपेक्षा गरे ।

Hamro Doctor
Last modified on 2021-06-14 08:53:58

Kathmandu Cancer Center alka Norvic Hospital
NIdan Hospital

फेसबुकबाट तपाईको प्रतिक्रिया

vayodha Related Posts