ब्राजिलमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या पाँच लाख नाघ्यो



Download our app to get more features

बीबीसी, ६ असार । ब्राजिलमा कोरोना भाइरसको संक्रमणको कारण मृत्यु हुनेको संख्या पाँच लाख नाघेको छ । पछिल्लो २४ घण्टामा दुई हजार दुई सय ४७ जानको मृतयु भएसँगै ज्यान गुमाउनेको संख्या पाँच लाख नाघेको हो । कोरोना संक्रमणबाट धेरै मृत्यु हुनेमा ब्राजिल दोस्रो देश हो ।

अमेरिकामा ६ लाख १७ हजारभन्दा धेरैले ज्यान गुमाएका छन् । खोप कार्यक्रम ढिला भएमा र प्रतिबन्धहरु नलगाइएमा जाडोयामको सुरुवातमा ब्राजिलको अवस्था थप सङ्कटपूर्ण हुने विज्ञहरुले चेतावनी दिएका बीबीसीले जनाएको छ । ब्राजिलमा बढीमा १५ प्रतिशत वयस्कहरुले मात्र खोप लगाएका छन् ।

ब्राजिलका राष्ट्रपति जैर बोल्सोनारोले प्रतिबन्धहरुमा कडाइ गर्न अस्वीकार गर्दै आएका छन् । विपक्षीहरुले राष्ट्रपतिले महामारी नियन्त्रणका लागि पहल नगरेको, खोप खरिदमा बेवास्ता गरेको जस्ता कारणले महामारी झनै गम्भीर बन्दै गरेको आरोप लगाएका छन् । ब्राजिलमा अहिलेसम्म एक करोड ७८ लाख ८३ हजारभन्दा धेरैमा कोरोना संक्रमण  पुष्टि भइसकेको छ ।

पछिल्लो २४ घण्टामा विश्वमा ३८ लाख ७४ हजारभन्दा धेरैमा सङ्क्रमण पुष्टि भएको छ भने सात हजार ६ सय ७८ जनाको मृत्यु भएको । 

Last modified on 2021-06-20 13:32:09


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts