निजी अस्पताललाई १० दिनको सोधभर्ना, अब यी अस्पतालमा मात्रै कोरोनाको निःशुल्क उपचार



Download our app to get more features
Spark_health_home Hotline number ads 2 government ads: swasthya mantralaya

काठमाडौं, ८ असार । सरकारले निजी अस्पताललाई १० दिनको मात्रै सोधभर्ना दिने भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ को उपचारका लागि सेवा सम्झौता भएका निजी अस्पतालहरुमा मंगलवार (आज) सम्ममा भर्ना भइ उपचाररत संक्रमितको मंगलवार (आज) का मितिले १० दिनसम्मको मात्रै नियामानुसारको सोधभर्ना उपलब्ध गराउने जनाएको छ ।

मन्त्रालयले सूचना जारी गर्दै अब निजी अस्पतालमा उपचार गराउने कोरोना संक्रमितको उपचार खर्च सरकारले नवेहोर्ने भन्दै सात वटै प्रदेशका सामाजीक विकास मन्त्रालय र सबै स्थानीय तहलाई पत्राचार गरेको छ । 

यसअघि निजीसहित देशभरका ८६ अस्पतालहरुलाई कोरोना संक्रमितको उपचार हुने तोकेको सरकारले अब सरकारी अस्पतालमा मात्रै कोरोना संक्रमितको उपचार गर्ने  निर्णय गरेको हो ।

मन्त्रालयले अब सरकारी अस्पताल, स्वास्थ्य प्रतिष्ठानहरु र मेडिकल कलेजलाई मात्र कोरोना संक्रमितको निःशुल्क उपचार गर्ने अस्पतालको रुपमा तोकेको छ ।

Hamro Doctor
Last modified on 2021-06-22 19:25:43

Kathmandu Cancer Center alka Norvic Hospital
NIdan Hospital

फेसबुकबाट तपाईको प्रतिक्रिया

vayodha Related Posts