मधुमेह भएका बिरामीले आँपको सेवन गर्ने कि नगर्ने ?



Download our app to get more features

आँपमा भिटामिन र मिनरल्स पर्याप्त मात्रामा पाइन्छ । यसले शरीरलाई विभिन्न फाइदा पुर्याउने काम गर्छ ।

आँप खानाले रगतमा ग्लुकोजको मात्रा बढेर जाने गरेको मानिन्छ ।

आँपमा भएको क्यालोरी गुलियोपनबाट आउने गर्छ । यसले रगतमा ग्लुकोजको मात्रा बढाउने काम गर्छ ।

आँपामा भएको फाइबर र एन्टीअक्सिडेन्टले रगतमा ग्लुकोजमाथि असर कम गर्छ ।

आँपमा पाइने फाइबरले रगतको ग्लुकोजको अवस्थालाई स्थिर गर्ने काम गर्छ ।

मधुमेह भएका बिरामीले आँप खान सक्छन् तर मात्राको ध्यान भने राख्नुपर्छ ।

मधुमेह भएका बिरामीले एकैपटक धेरै आँपको सेवन गर्नु हुँदैन । यसले रगतमा ग्लुकोजको मात्रा बढाउने काम गर्छ । 

मधुमेह भएको व्यक्तिले सुरुमा आधाकप अथवा ८२.५ ग्राम मात्रै आँप खानुपर्छ । त्यसपछि रगतमा ग्लुकोजको मात्रापनि जाँच गर्नुपर्छ ।

आँप खाएपछि रगतमा ग्लुकोजको मात्रा जाँच गरिसकेपछि रगतमा ग्लुकोजको मात्राजति बढ्छ त्यही अनुसारले आँपको सेवन गर्नुपर्छ । अर्थात् यदि रगतमा ग्लुकोजको मात्रा अत्यधिक बढ्यो भने थप आँप खानु हुँदैन ।

आँपमा कुन–कुन तत्त्व पाइन्छः 
क्यालोरीः ९९
प्रोटिनः १.४ ग्राम
फ्याटः ०.६ ग्राम
कार्ब्सः २५ ग्राम
सुगरः २२.५ ग्राम
फाइबरः २.६ ग्राम
भिटामिन सीः ६७ प्रतिशत (दैनिक लिनुपर्ने मात्रा)
कपरः २० प्रतिशत (दैनिक लिनुपर्ने मात्रा)
फोलेटः १८ प्रतिशत (दैनिक लिनुपर्ने मात्रा)
भिटामिन एः १० प्रतिशत (दैनिक लिनुपर्ने मात्रा)
भिटामिन इः १० प्रतिशत (दैनिक लिनुपर्ने मात्रा)
पोटासियमः ६ प्रतिशत (दैनिक लिनुपर्ने मात्रा)
म्याग्नेसियमः ४ प्रतिशत (दैनिक लिनुपर्ने मात्रा)

 

बीबीसी फूड

Last modified on 2021-06-25 10:14:33


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts