नास्टको राष्ट्रिय प्रविधि पुरस्कार सरुवा रोग विशेषज्ञ डा. पुनलाई



Download our app to get more features
Spark_health_home Hotline number ads 2 government ads: swasthya mantralaya

काठमाडौं, २४ असार । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) ले टेकु अस्पतालमा कार्यरत सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनलाई यस वर्षको राष्ट्रिय प्रविधि पुरस्कार प्रदान गरेको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार आयोजित कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले डा. पुनलाई पुरस्कार प्रदान गरेका हुन्। पुरस्कारको राशी एक लाख रुपैयाँ रहेको छ।

नास्टको गत चैतमा बसेको ४४ औं प्राज्ञसभाले डा पुनसहित विभिन्न ११ विधामा १७ जना व्यक्ति र संस्थालाई पुरस्कार प्रदान गर्ने निर्णय गरेको थियो। 

नास्टले कोरोना महामारीको समयमा डा. पुनले अध्ययन, अनुसन्धान गर्नुका साथै नागरिकलाई सचेत गराउन भूमिका खेलेको भन्दै यस वर्षको राष्ट्रिय प्रविधि पुरस्कार दिने निर्णय गरेको हो।

पुरस्कार पाएपछि डा. पुनले संक्रामक रोग बिषयका अनुसन्धानको क्षेत्रमा थप सार्थक कामहरु गर्न प्रेरित गरेको प्रतिक्रिया दिए।

यसैगरी, नास्टले यस वर्षको विज्ञान पुरस्कार युवा वैज्ञानिक उत्तमबाबु श्रेष्ठलाई, प्रकृति संरक्षण कोष पुरस्कार विश्व वन्यजन्तु नेपाललाई, कूलपति राष्ट्रिय नवप्रवर्तद्धन पुरस्कार राष्ट्रिय आविष्कार केन्द्रलाई, विज्ञान तथा प्रविधि युवा पुरस्कार डा भेषराज थापा र विज्ञान पत्रकारिता पुरस्कार पत्रकार गोविन्द पोखरेललाई प्रदान गरेको छ।

Hamro Doctor
Kathmandu Cancer Center alka Norvic Hospital
NIdan Hospital

फेसबुकबाट तपाईको प्रतिक्रिया

vayodha Related Posts