प्रोस्टेट क्यान्सरको जोखिम कसलाई हुन्छ ?



Download our app to get more features

काठमाडौं, २६ असार । पुरुषलाई भयभित तुल्याउने रोग हो, प्रोस्टेट क्यान्सर । प्रोस्टेटमा ट्यूमर सामान्यतया बिस्तारै बढ्छ कुनै प्रकारको पीडाको कारणले धकेल्नुहुन्न। त्यसकारण, यस रोगमा केहि प्रारम्भिक चेतावनी संकेतहरू छन् र वर्षौंसम्म मौन रहन सक्छ।

आखिर यो रोग के हो ? यसको संभावना कस्ता पुरुषलाई हुन्छ ? यो रोग लागेको कसरी थाहा पाउने ? उपचार के छ ?

डरलाग्दो प्रोस्टेट क्यान्सर

प्रोस्टेट क्यान्सर अन्य प्रकारका क्यान्सर भन्दा अलग हुन्छ । यो धेरै वर्षसम्म सुषुप्त हुन्छ । केही पुरुषहरुमा प्रोस्टेट क्यान्सर तिव्र गतिमा बढ्छ । यो शरीरको अन्य भागमा समेत फैलिने गर्छ  ।

प्रोस्टेट क्यान्सर प्रोस्टेट ग्रन्थीबाट सुरु हुन्छ । सबै पुरुषको शरीरमा प्रोस्टेट नामक सानो ग्रन्थी रहेको हुन्छ । यो ग्रन्थी मुत्राशयको नली आसपास हुन्छ । प्रोस्टेट लगभग ओख्खरको आकारको हुन्छ र उमेरसँगै बढ्ने गर्छ । प्रोस्टेटले एक गाढा तथा सेतो तरल पदार्थ बनाउँछ । यसले अण्डकोषद्धारा निर्मित शुक्राणुसित मिलेर वीर्यको उत्पादन गर्छ , जसले वीर्यलाई तरलमा बदल्छ ।

कसरी हुन्छ ?

प्रोस्टेट ग्रन्थीको पछाडीको भाग गुद्वारको नजिक रहेको हुन्छ ।  जब यो ग्रन्थीका कोशिका असामान्य रुपमा बढ्छ, तब प्रोस्टेट क्यान्सर हुने गर्छ ।

प्रोस्टेट क्यान्सरलाई तीन उपप्रकारका विभाजित गरिन्छ ।

सुरुवाती प्रोस्टेट क्यान्सरलाई स्थानीय प्रोस्टेट क्यान्सर पनि भनिन्छ । यो अवस्थामा क्यान्सर सिर्फ प्रोस्टेट ग्रन्थीमा हुन्छ र अरु ठाउँमा फैलिदैन ।

एडभान्स प्रोस्टेट क्यान्सरको स्थितिमा क्यान्सर प्रोस्टेट ग्रन्थीको वरिपरिको टिस्यूमा फैलिन्छ ।

मेटास्टेटिक प्रोस्टेट क्यान्सरमा क्यान्सर प्रोस्टेट ग्रन्थीबाट अगाडी शरीरको अन्य भागमा समेत फैलिन्छ ।

सामान्यतया, प्रोस्टेट क्यान्सरको निदान सुरुवाती चरणमै गर्न सकिन्छ । केही पुरुषमा जब यो पहिलो पटक निदान गरिन्छ, त्यतिबेला नै यो एडभान्स स्टेजमा पुगिसकेको हुन्छ । एडभान्स किसिमको प्रोस्टेट क्यान्सर यस्तो पुरुषलाई पनि हुनसक्छ, जसको पहिले नै प्रोस्टेट क्यान्सरको उपचार भैसकेको हुन्छ ।

के कारणले हुन्छ ?

प्रोस्टेट क्यान्सर हुनुको यकिन कारण अझै थाहा छैन । यस्ता केही जोखिम कारक छन्, जसले गर्दा पुरुषहरुमा यो क्यान्सर हुने सम्भावना उच्च हुन्छ ।

उमेर

उमेर बढेमा प्रोस्टेट क्यान्सरको जोखिम पनि उच्च हुने गर्छ । ५० वर्ष भन्दा कम उमेरका पुरुषमा यसको जोखिम कम हुन्छ ।

जाती

अश्वेत अफ्रिकन तथा अश्वेत क्यारिवियन पुरुषहरुमा प्रोस्टेट क्यान्सरको सम्भावना सेता पुरुषका तुलनामा उच्च हुने गर्छ । जबकी एसियाली पुरुषहरुमा यसको जोखिम कम हुन्छ ।

पारिवारिक इतिहास

घर परिवारमा कसैलाई प्रोस्टेट क्यान्सर भएको छ भने उनीहरुबाट जन्मने सन्तानलाई पनि यो क्यान्सर हुने सम्भावना उच्च हुन्छ । करिब पाँच देखि दश प्रतिशत पुरुषहरुमा कुनै वंशाणुगत त्रुटिका कारण प्रोेस्टेट क्यान्सर हुने गर्छ ।

कसरत

शारीरिक रुपमा अत्याधिक सक्रिय रहेमा पनि प्रोस्टेट क्यान्सर हुने सम्भावना उच्च हुन्छ ।

आहार

बेलायत, युरोप, अमेरिका लगायतका पश्चिमेली देशका  पुरुषमा एसियाली मुलुकका पुरुषका तुलनामा प्रोस्टेट क्यान्सर हुने सम्भावना धेरै हुन्छ । यो हुनुको मुख्य कारण भनेको उनी फलफूल तथा हरियो साजसब्जीको तुलनामा जनावर जन्य फ्याट बढी मात्रामा खाने गर्छन् ।

विशेषगरी, एसियाली मुलुकका पुरुष आहारमा सोयाको सेवन धेरै गछन् । सोयाले प्रोस्टेट क्यान्सरको जोखिम कम गर्छ । तर यसको पुष्टिका लागि थप अनुसन्धान आवश्यक छ । अत्याधिक मात्रामा क्याल्सियम युक्त खानाले भने यसको जोखिम बढाउन सक्छ ।

टमाटर तथा केचअप लगायतका टमाटरजन्य उत्पादनले प्रोस्टेट क्यान्सर हुनबाट जोगाउन सुरक्षा प्रदान गर्छ ।

कसरी थाहा पाउने ?

सुरुवाती चरणमा प्रोस्टेट क्यान्सरको कुनै लक्षण देखिदैन । यो क्यान्सर क्रमश फैलिन्छ । र कयौ वर्षसम्म पनि यसको लक्षण नदेखिन सक्छ ।

एडभान्स क्यान्सर भएमा यसको लक्षण कहाँ फैलिएको छ भन्नेमा निर्भर गर्छ । प्रोस्टेट क्यान्सर प्राय हड्डीमा फैलिन्छ र यसका कारण शरीरमा असहनिय पिडा हुनसक्छ ।

एडभान्स क्यान्सरको सामान्य लक्षण ?

- थकान महसुस हुनु

- खान मन नलाग्नु

- शरीर अस्वस्थ भएको महसुस हुनु

यदी कसैमा दुई हप्ता वा भन्दा बढी समयसम्म कुनै नयाँ लक्षण देखिएमा तुरुन्तै जनरल फिजिसियनसित सम्पर्क गर्नु पर्दछ ।

किनकी यो लक्षण अन्य रोगका कारण पनि देखिन सक्छ । त्यसैले, यो समस्या नहोस् भन्नका लागि पनि बेलाबेलामा चिकित्सकसित परार्मश गरिरहनु पर्दछ ।

प्रोस्टेट ग्रन्थीको क्यान्सरको उपचार ?

प्रोस्टेट ग्रन्थीको क्यान्सरको उपचार व्यक्तिको स्वास्थ्य अवस्था, क्यान्सरको चरण लगायतमा भर पर्छ । त्यसैले, यसको उपचार गर्नुपूर्व चिकित्सकसितको परार्मश अनिवार्य छ । किनकी यो क्यान्सर विस्तारै विस्तारै बढ्ने गर्छ । र, सुरुवाती चरणमा यसको कुनै लक्षण देखिदैन ।

यदी कुनै लक्षण देखिएमा वा कुनै कारणवस क्यान्सर रोग बढेको पाइएमा चिकित्सकको परार्मश अनुसार तुरुन्तै यसको उपचार गर्न जरुरी छ  ।

Last modified on 2021-07-11 08:14:44


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts