औषधिय गुणले भरिएको 'निम'



Download our app to get more features

खाँदा तितो भए पनि निम स्वास्थ्यका लागि निकै फाइदाजनक छ । निमलाई आर्युेवेदमा अमृततुल्य जडिबुटी मानिन्छ । गाउँघरमा सहजै पाइने निमको पातमा विभिन्न रोग निको पार्ने औषधीय गुण छ ।

जानौं सामान्य निमको असामान्य औषधिय गुण :

निमका फाइदा :
–निमको पात खाँदा रगत सफा हुनुका साथै रक्तसञ्चारलाई सहज बनाउँछ ।
– निमको रस सेवन गरे छाला र कफजन्य समस्यामा पनि राहत पुग्छ । यस्तै निमको तेलले पनि निकै फाइदा पु¥याउँछ । 
–निमको तेलले शरीर मालिस गर्दा छालाको एलर्जी, पोतो, चाउरिपना लगाएत समस्या समाधान हुन्छ ।
–निमको रसले अनुहार तथा शरीरको छालाको रंग निखार ल्याउन पनिसहयोग गर्छ ।
–पेट सम्बन्धी समस्या छ भने खाली पेटमा निमको रस पिउनाले समस्या हटेर जान्छ । 
–निमको पानी सेवन गर्नाले दाँत र गिँजालाई चम्किलो, स्वस्थ र बलियो बनाउँछ ।
–निमले भोक जगाउनुका साथै कब्जियत पनि हट्छ । 
–निमको पातलाई भण्डारण गरिएको अन्नमा राखी दियो भने किरा लाग्दैन । 
–मधुमेहका बिरामीलाई समेत निमको रसले फाइदा गर्छ ।

 

Last modified on 2021-07-17 11:56:52


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts