ब्राजिलमा एकै दिन एक लाखभन्दा बढीमा कोरोना संक्रमण



Download our app to get more features

एजेन्सी, ९ साउन । ब्राजिलमा कोभिड–१९ को संक्रमण पछिल्लो समयमा झनै बढेको पाइएको छ। ब्राजिलका स्वास्थ्य अधिकारीहरूले दिएको जानकारीअनुसार गएको २४ घन्टामा नै एक लाखभन्दा पनि बढी सङ्क्रमित भएका छन् ।

ब्राजिलमा पछिल्लो केही दिनदेखि मृत्यु हुने र सङ्क्रमित थपिने दर बढेको छ। गत २४ घण्टामा ब्राजिलमा १ लाख ८ हजार जनामा सङ्क्रमण पुष्टि भएको छ । योसँगै ब्राजिलमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या १ करोड ९६ लाख पुगेको छ।

त्यस्तै गएको २४ घन्टामा कोरोना  सङ्क्रमणबाट १ हजार ३ सय २४ जनाको मृत्यु भएको को छ। योसंगै अहिलेसम्म ब्राजिलमा ५ लाख ४८ हजार ९५ जनाको कोरोना भाइरसको संक्रमणबाट ज्यान गएको बताइएको छ।

ब्राजिलको स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो समयमा सङ्क्रमित हुनेको संख्या बढेको पाइएको छ। त्यसैगरी मृत्यु हुनेहरूको संख्या पनि केही हप्ता अघि घटेको देखिएकोमा अहिले बढेको छ।

ब्राजिलको साओ पाओलो शहर शुरूदेखि नै यो सङ्क्रमणको केन्द्रविन्दुको रुपमा रहेको पनि पाइएको छ। ब्राजिल कोरोना महामारीका कारण संयुक्त राज्य अमेरिकापछि सबैभन्दा बढी नागरिकको ज्यान जाने देशको रुपमा परेको छ।

Last modified on 2021-07-24 16:42:53


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts