कोरोना संक्रमण बढेसँगै भियतनामको राजधानी हनोईमा निषेधाज्ञा जारी



Download our app to get more features

एजेन्सी, ९ साउन । भियतनाममा कोरोना भाइरसको संक्रमण तिव्र रुपमा बढेसँगै राजधानी हनोईमा १५ दिनको लागि निषेधाज्ञा जारी गरेको छ । 

भियतनाम सरकारले शुक्रबार जारी गरेको निषेधाज्ञामा सरकारी कार्यालय, अस्पताल र अत्यावश्यक व्यवसायहरु मात्र खोल्न पाउने बताएको छ। सार्वजनिक रुपमा दुई भन्दा बढी व्यक्तिहरु भेला हुन प्रतिबन्ध लगाएको छ । 

राजधानी हनोईमा निषेधाज्ञा जारी भएपछि शनिबार शहरहरु खाली देखिएको छ भने पसलहरु बन्द भएका छन् । राजधानीको बाहिरी इलाकामा भने केही संख्यामा मानिसहरुको उपस्थिति देखिएको छ । 

समाचार संस्था एएफपीका अनुसार हनोईमा निषेधाज्ञा लागू गर्ने सरकारको निर्णयमा साथ दिएका छन् । भियतनामको लगभग १ करोड मानिस मध्ये एक तिहाइ मानिसहरू पहिले देखि नै लकडाउन अर्डरको अधीनमा छन् ।

Last modified on 2021-07-25 07:25:28


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts