दक्षिण कोरियामा कोरोनाको चौथो लहर: दैनिक हजारभन्दा बढी संक्रमित थपिँदै



Download our app to get more features

एजेन्सी, १० साउन । दक्षिण कोरियामा कोरोना महामारीको चौथों चरणको लहर जारी छ । कोरोनाको डेल्टा भेरिएन्टका कारण दक्षिण कोरियामा पछिल्लो केही सातादेखि दैनिक झन्डै २ हजारका दरले नयाँ संक्रमित थपिँदै आएको छ । 

नयाँ संक्रमितको दर बढ्न थालेपछि अस्पताल भर्ना हुने बिरामीको पनि संख्या बढेको र अस्पतालमा आईसीयूको अभाव हुन थालेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले लेखेका छन् ।

कोरिया रोग निवारण केन्द्रका अनुसार दैनिक झन्डै दुई हजारको हाराहारीमा कोरोना संक्रमित थपिने गरेका छन् । संक्रमित हुनेमा कोरियन नागरिकसँगै अन्य देशबाट आएका नागरिकपनि रहेका छन् ।

स्वास्थ्य विभागका अनुसार केही सातादेखि थपिएका संक्रमितमा नयाँ प्रजातिको कोरोना भाइरस डेल्टा भेरिएन्टको समेत लक्षण देखिएको छ ।  यसरी नयाँ प्रजातिको भाइरसको लक्षण देखिनेमा हालसम्म एक हजारभन्दा बढी छन् । 

मुलुकमा कोरोना महामारीको चौथों लहर सुरु भएको भन्दै दक्षिण कोरियाली सरकारले जास्वास्थ्यका सम्पूर्ण नियम लागू गर्न गराउनुका साथै दुई जनाभन्दा बढी भेला हुनसमेत रोक लगाएको छ । 

गत २४ घन्टामा मात्रै दक्षिण कोरियामा १ हजार ६ सय २९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने २ जनाको मृत्यु भएको छ । योसँगै दक्षिण कोरियामा हालसम्म कोरोनाका कारण संक्रमित हुनेको संख्या १ लाख ८७ हजार ३ सय ६२ पुगेको छ ।

यस्तै कोरोनाका कारण मृत्यु हुनेको संख्या २ हजार ६८ रहेको छ । जबकी हालसम्म कोरोनाका कारण संक्रमित भएकामध्ये १ लाख ६५ हजार २ सय ४६ जना स्वस्थ भएका छन् ।

Last modified on 2021-07-25 10:28:38


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts